बर्दिया । बर्दियाबाट प्राप्त समाचार अनुसार जिल्लाको मधुवन नगरपालिकाको ९ नं. वडा वेलडाँडीमा क्रान्तिकारी माओवादीको गाउँ कमिटि गठन गरिएको छ । पार्टीका जिल्ला सह–सेक्रेटरीको मुख्य उपस्थितिमा भएको एक भेलाले उक्त कमिटि गठन गरेको हो ।
भेलाले हरि थारुको संयोजकत्वमा टिकाराम वैगार सचिव रहने गरी सुरेश चौधरी, रमेश वैगार, बलिराम थारु, प्रर्शुराम थारु, सोमल चौधरी सोपल, सन्तोष चौधरी, हडिला बैगार, प्रर्ना थारु, अपचन्द्र सुनारलगायत सदस्य रहेको ११ सदस्यीय गाउँ कमिटि गठन गरिएको छ ।
उक्त भेलामा जिल्लाका चर्चित पत्रकार तथा बर्दिया निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा तर्फका उम्मेदवार लोकराज जैसी, देजमोका जिल्ला संयोजक धर्म अधिकारी, शिक्षक संगठनका अध्यक्ष लक्ष्मी नारायण चौधरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।





























