निर्वाचनपछि देजमो वैकल्पिक शक्तिको रुपमा अगाडि आउँछ : सुवेदी

निर्वाचनपछि देजमो वैकल्पिक शक्तिको रुपमा अगाडि आउँछ : सुवेदी

बुटबल । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, रुपन्देहीले शुक्रबारदेखि पाँच दिने जिल्लास्तरीय चिर्वाचन प्रचार–प्रसार अभियान गरेको छ ।
मोर्चाले रुपन्देही क्षेत्र नं. २ अन्तरगत बुटवल–१२ ढबाहबाट अभियान शुरु गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले एक कार्यक्रम बिच क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार दलबहादुर छन्त्याल, २ क) प्रदेश सभा उम्मेदवार रामप्रसाद प्रोख्रेल, ख) का उम्मेदवार खुमानन्द भुसाललाई मोर्चाको चुनाव चिन्ह ‘मुठ्ठी’को झण्डा दिएर अभियानको उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दैं नेता सुवेदीले निर्वाचनपछि देशभक्त जनगणतान्त्रिक मोर्चा बैकल्पिक शक्तिको रुपमा उदयीमान हुने दावी गर्नुभयो । अर्काको वैशाखी टेकेर चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई पराजित गरी क्रान्तिकारी शक्तिलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो । चुनाव जित्नकैं लागि प्रतिगामी र प्रतिक्रियावादीसँंग मोर्चाले चुनाबी एकता नगर्ने नेता सुवेदीले स्पष्ट पार्नुभयो ।

रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दलबहादुर छन्त्यालले पश्चगामी संविधानको खारेजी र संसदीय व्यवस्थाको झण्डाफोर गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । कार्यक्रममा क्षेत्र नं २ क) का प्रदेश सभा उम्मेदवार रामप्रसाद पोख्रेल, ख)का उम्मेदवार खुमानन्द भुसाल लगायतले बोल्नुभएको थियो ।

मोर्चाले सैनामैना नगरपालिकाको रानिबगियां, मुर्गिया, कलोनी, कञ्चनको गजेडी, बेलभरिया, सुर्यपुरामा सभा सम्पन्न गरेको छ । कार्यक्रममा रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार के.जी.कुमार पौडेल, ५ क)का उम्मेदवार गिरबहादुर थापा, क्षेत्र नं १ क) का प्रदेश सभा उम्मेदवार शंकर केसी, मोर्चाका नेता एकदेव पौडेल लगायतले बोल्नुभएको थियो । अभियान रुपन्देही क्षेत्र नं ५,४,३ र १ का विभिन्न स्थानमा सभा, जनभेटघाट, प्रर्चा पम्ल्पेट गदैं कार्तिक २८ गते बुटवलमा आई पहिलो चरणको अभियान समापन गर्ने मोर्चाले जनाएको छ ।

पार्टी नेता सुवेदी, निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मीकान्त पौडेल, मोर्चाका केन्द्रीय सदस्य भुलबहादुर सुनारी, मोर्चाका ११ जना उम्मेदवारसहित सयौं नेता तथा कार्यकर्ता अभियानमा सहभागि भएको मोर्चाले जनाएको छ । मोर्चाले रुपन्देही क्षेत्र नं १ बाट मोजिव अली, प्रदेश सभामा शंकर के.सी., क्षेत्र नं २ बाट दलबहादुर छन्त्याल, प्रदेश सभा क) बाट रामप्रसाद आचार्य, ख) बाट खुमानन्द भुसाल, क्षेत्र नं ३ बाट विनोद मरासनी, प्रदेश सभामा बृजेश यादव, क्षेत्र नं ४ बाट हसन मुसलमान(टिपु), क्षेत्र नं ५ बाट के.जी.कुमार पौडेल र प्रदेश सभा क) मा गिरबहादुर थापामगर, ख) मा हकि उल्लाह खां मुसलमानलाई उम्मेदबार बनाई चुनाबी अभियानमा लागेका हुन् ।