२४, कात्तिक । क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकपमा छनोटको नजिक पुगेको छ । बिहीबार रातिको छनोट प्ले अफ पहिलो लेगमा क्रोएसियाले ग्रिसलाई सजिलै ४–१ ले हरायो ।

क्रोएसियाका लागि लुका मोडरिच, निकाला कालिनिच, इान पेरिसिच र आन्द्रेज क्रामिरिचले गोल गरे । ग्रिसका तर्फबाट सोक्राटिस पापास्टाथोपुलेसले एक गोल फर्काए ।

अब दोस्रो लेग आइतबार एथेन्समा हुनेछ र त्यसमा तीन गोलले पछाडि रहेको स्थिति उल्टाउन ग्रिसले कठिन संघर्ष गर्नु पर्नेछ । क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचले त्यस खेलमा आफ्नो टिमले गोलरहित बराबरीमा रहेको मानसिकताले खेल्ने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर