आजदेखि बुटवलमा औद्योगिक प्रदर्शनी

आजदेखि बुटवलमा औद्योगिक प्रदर्शनी

काठमाडौं, ८ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बुटवलले बुधवारदेखि शुरू गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि व्यापार तथा पर्यटन प्रवर्द्धन २०७४को पूर्वसन्धामा मङ्गलवार बुटवलमा प्रचार–प्रसार ¥याली गरिएको छ । विविध झाँकीसहित १ सय ५० ओटा ई–रिक्सामा ब्यानरसहितको ¥यालीले प्रचार ¥याली बुटवलका विभिन्न स्थान परिक्रमा गरी मेलास्थल बुटवलमण्डपमा समापन गरिएको प्रचार–प्रसार संयोजक यमलाल मरासिनीले जानकारी दिए ।

राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण मूल नाराका साथ कात्तिक १८ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको मेला मूल आयोजक समितिका संयोजक खेम श्रिसले जानकारी दिए ।
११ दिनसम्म चल्ने यो प्रदर्शनीमा कृषि, पर्यटन तथा औद्योगिक उत्पादनका स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिनेछ । दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, मेशिनरी उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल्स, सूचनाप्रविधि तथा इलेक्ट्रनिक्स, टेक्सटाइल, गार्मेण्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका सामग्री, बैङ्क तथा वित्तीय संस्था, होटल तथा रेष्टुराँ, बाल उद्यानलगायत गरी ३ सय ५० स्टल छन् ।

प्रदर्शनीलाई थप रोचक बनाउन आमाको नृत्य प्रतियोगिता (मम्मी डान्स आइडल) पनि आयोजना गरिएको छ । यस्तै, प्रदर्शनीमा खुला गायन प्रतियोगिता पनि आयोजना गरिएको छ ।

दुवै प्रतियोगितामा प्रथम हुनेले यमाहा कम्पनीको स्कुटर पाउने मेलाका सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए । उनका अनुसार मेला अवधिमा कुस्ती प्रतियोगितासमेत हुनेछ ।