काठमाडौं, ८ । मोटोरोला कम्पनीले मोटो सी र मोटो ई फ्रान्चाइजका मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । राजधानीमा मंगलबार साँझ एक कार्यक्रमका बीच कम्पनीले दुई फ्रान्चाइजका मोटो सी र सी प्लस तथा मोटो इ फोर र इ फोर प्लस सर्वाजनिक गरेको हो ।
कार्यmत्रमा बोल्दै मोटोरोला मोबिलिटी प्रालिका कन्ट्री म्यानेजर सुधिन माथुरले सार्वजनिक गरिएका फोन हरेक तप्काका नेपालीहरुलाई लक्षित गरेर ल्याइएको बताए । ‘यी समार्टफोनमा प्रयोगकर्तालाई आवश्यक हरेक फिचर छ, त्यसमाथि यसको मूल्य हरेकको पहुँचमा छ,’ नेपालमा मोटोरोलाको व्यापार विस्तार गर्ने योजना प्रस्तुत गर्दै माथुरले भने ।
यस्ता छन् सर्वाजनिक गरिएका फोनहरुः
मोटो इ फोर प्लस
डिस्प्ले – ५.५ इन्च फुल एचडी
बडी – मेटल
क्यामेराः रियर १३ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी फ्लासको साथमा
स्टोरेजः १६ देखि ३२ जिबी
एन्ड्रोयडः नोगाट ७.१.१
फिंगर प्रिन्ट सेन्टर
ब्याट्रीः ५ हजार एमएएच
मूल्यः २० हजार ९९० ।–
मोटो इ फोर
डिस्प्ले – ५ इन्च एचडी
बडी – मेटल
क्यामेराः रियर ८ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी फ्लासको साथमा
एन्ड्रोयडः नोगाट ७.१.१
फिंगर प्रिन्ट सेन्टर
ब्याट्रीः २८०० एमएएच
मूल्यः १६ हजार २९० ।–
मोटो सी प्लस
डिस्प्ले – ५ इन्च एचडी
बडी – मेटल
क्यामेराः रियर ८ मेगापिक्सल र २ मेगापिक्सल सेल्फी फ्लासको साथमा
एन्ड्रोयडः नोगाट ७.१
ब्याट्रीः ४००० एमएएच
प्रोसेसरः १.३ गिगाहर्ज क्वाडकोर
मूल्यः १३ हजार ९९० ।–
मोटो सी
डिस्प्ले – ५ इन्च एचडी
बडी – मेटल
क्यामेराः रियर ५ मेगापिक्सल र २ मेगापिक्सल सेल्फीक्यामेरा
एन्ड्रोयडः नोगाट ७.१
प्रोसेसरः १.३ गिगाहर्ज क्वाडकोर
स्टोरेजः ८ जिबी (३२ जिबीसम्म एक्सटेन्डेबल)
डुअल सीम
मूल्यः १० हजार ९९० ।–



























