ललितपुरको उद्योग वाणिज्य संघले पायो नयाँ नेतृत्व

ललितपुरको उद्योग वाणिज्य संघले पायो नयाँ नेतृत्व

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ । संघको ३८ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भरतलाल जोशी, उद्योगतर्फको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष संस्थागततर्फ वीरेन्द्रलाल श्रेष्ठ छन् भने, नेपाल वाणिज्यतर्फ उपाध्यक्षमा रुपकुमार शाक्य छन् । त्यस्तै, महासचिवमा मनोजबहादुर न्याछ्यों, कोषाध्यक्षमा सचेन्द्रराज जोशी चयन भएका छन् ।

सदस्यहरुमा उद्योगतर्फ सुनिल शाक्य, सुसन महर्जन, मिलन शाक्य, कृष्ण श्रेष्ठ, रमेश सिं महर्जन र श्रीजेश लाल शिल्पकार चयन भएका छन् । यसैगरी वाणिज्यतर्फ लजना श्रेष्ठ, भूमि नन्दन कर्माचाय, रुपेन्द्र राज शाक्य, महेश श्रेष्ठ, सबिन लाल प्रधान, उसन बज्राचार्य र रुपक मान महर्जन चयन भएका छन् ।

संस्थागततर्फ राजेन्द्र कुमार श्रेष्ठ निर्विरोध चयन भएा हुन् । एशोसियटतर्फ राकेश भक्त मुल्मी चयन भएका छन् ।

निर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई मतगणना सके लगतै निर्वाचन समितिले संघको सभाकक्षमा स्वागत गर्दै निर्वाचित प्रमाण पत्र वितरण गरिएको थियो ।

निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यहरुद्वारा सोमबार संघको सचिवालयमा शपथ ग्रहण गरियो । शपथ ग्रहण संघका वर्तमान अध्यक्ष सबिन श्रेष्ठले नव निर्वाचित अध्यक्ष कृष्णलाल महर्जनलाई गराए भने पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष कृष्णलाल महर्जनले शपथ ग्रहण गराए ।