उत्तर कोरिया र अमेरिकाबीचको तनाव तीब्रगतिले अगाडि बढिरहेको छ । एउटा स्वतन्त्र र सार्वभौम मुलुक उत्तर कोरियामाथि युद्धपिपासु अमेरिकी साम्राज्यवादले युद्ध भड्काउने निहु खोजिरहेको छ । राष्ट्रिय स्वाधिनता र आत्मसुरक्षाका निम्ति उत्तर कोरियाले आणविक हतियार अथात् ब्लाष्टिक बम र शक्तिशाली हाइड्रोजन बम निर्माण गरेर परिक्षण समेत गरे पछि अमेरिकी साम्राज्यवाद अत्तालिन पुग्यो । उसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा निर्णय गराएर उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउने घोषणा गरेको छ । अहिले पनि उत्तर कोरियाको आकासमाथि साम्राज्यवादी अमेरिकाद्वारा सृजित युद्धको बादल मडारिरहेको छ । अमेरिका किन उत्तर कोरियामाथि किन यति विघ्न आक्रोसित छ र सैनिक आक्रमण गर्ने धम्कि समेत दिदै आएको छ ।
साम्राज्यवादी मुलुक अमेरिकाले र अन्य पुँजीवादी मुलुकहरुले आणविक हतियार उत्पादन र भण्डारण गर्न हुने, तर उत्तर कोरिया जस्ता उत्पीडित राष्ट्रले आणविक हतियार उत्पादन र भण्डारन गर्न किन नहुने जस्ता प्रश्नहरु आज ज्वलन्त रुपमा उठ्ने गरेका छन् । यी विषयमा यो लेख केन्द्रिकृत रहने छ ।
१) उत्तर कोरियाको संक्षिप्त परिचय :
उत्तर कोरियाका बारेमा जानकारी लिन आवश्यक छ । उत्तर कोरिया पूर्वी एसियामा रहेको एक समाजवादी राष्ट्र हो । कोरिया प्राद्वीपको ३८ प्यारालाल अक्षांसले छुट्याएको छ । उत्तर कोरिया जापान सागरको अन्त्यमा पर्दछ । यो चीन र दक्षिण कोरियाको बीचमा अवस्थित छ । उत्तर कोरियाको क्षेत्रफल १२०५४० वर्ग किलो मिटर छ । त्यहाँको जनसंख्या २३४७९०८९ छ । उत्तर कोरियाको राजधानी प्योङयाङ हो । त्यहाँको साक्षरता १०० प्रतिसत रहेको छ । उत्तर कोरिया १५ अगस्ट सन् १९४५ मा जापानबाट स्वतन्त्र भएको हो । त्यहाँ कम्युनिष्ट सिद्धान्तको कानुनी पद्धतिमा निर्देशित छ । त्यहाँ राष्ट्रप्रमुखमा राष्ट्रप्रति र सरकार प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । यो राज्यमा एकसदनात्मक व्यवस्थापिका छ र यसलाई सुप्रिम पिपुल्स एसेम्बली (जनसंसद) भनिन्छ ।
सन् १९०५ देखि जापानी औपनिवेशको रुपमा रहेको यो मुलुक सन १९४५ मा जापानी सेना दोस्रो विश्वयुद्धमा पराजय भए पछि स्वतन्त्र भएको थियो । तर जापानी सेनाले हारे पछि कोरियामा उत्तर तीर सोभियत संघका सेना र दक्षिणतिर अमेरिकी सेना उपस्थित भए पछि एकीकृत कोरिया उत्तर र दक्षिणमा विभाजित हुन पुगेको हो । उत्तरतिरको भागमा नियन्त्रण गरेको सोभियत सेना फिर्ता भएपछि उत्तर कोरिया समाजवादी राज्यको रुपमा स्थापित भयो भने दक्षिण कोरिया संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा नै रहेको थियो ।
उत्तर कोरियाले सन् १९५० देखि १९५३ सम्म अमेरिकाले नेतृत्व गरेको प्रतिक्रियावादी सेनासँग तीन वर्षे युद्ध लड्नु परेको थियो । यसलाई कोरिया युद्ध भनिन्छ । कोरिया युद्धमा सोभियत संघ र चीनले ठूलो सहयोग गरेका थिए । उत्तर कोरिया र दक्षिण कोरिया ३८ अक्षांसबाट विभाजित भएका छन् भने यसको सिमा चीन र रुससँग जोडिएको छ । कोरियाली युद्धमा सम्पूर्ण कोरिया भौतिक रुपमा पूर्ण ध्वस्त भएकोमा त्यहाँ कम्युनिष्ट नेतृत्वमा अत्यन्त छिटो आधुनिक समाजवादी कोरियाको निर्माण हुन पुग्यो जसलाई जनवादी गणतन्त्र कोरिया ९म्एच्प्० भनिन्छ । र सन् २००५ मा प्रमाणुअस्त्र समेत प्राप्त गर्न सफल भयो । र आजसम्म यसले ब्लास्टिक बम र क्षप्रयास्त्र तथा शक्तिशाली हाइड्रोजन बमको निर्माण र परिक्षण समेत गरि सकेको छ र यसले अमेरिकासम्म मार हान्न सक्ने क्षप्रयास्त्र समेत निर्माण गरि सकेको छ । अमेरिकी साम्राज्यवादले शुरुदेखि बाटै निरन्तर रुपमा उत्तरकोरिया नाकाबन्दी लगाउदै आएको छ र अहिले उत्तर कोरियाले ब्लास्टिक बम र शक्तिशाली हाइड्रोजन बमको पनि सफल परिक्षण गरि सकेपछि अमेरिकी साम्राज्यवादले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई समेत गुहारेर थप नाकाबन्दी लगाएको छ ।
उत्तर कोरियाले समाजवादी सिद्धान्तमा आधारित जुछेविचार मान्ने गरिन्छ । जुछेविचारधारा भनेको मानिसलाई केन्द्रविन्दुमा राखि प्रतिपादन गरिएको कोरियाली प्रारुपको माक्र्सवादी विचारधारा हो । यसले मजदूर, किसान र बुद्धिजीविहरु बीचको एकतामा जोड दिन्छ र स्वतन्त्रता र सिर्जनात्मकताको सिद्धान्तलाई अंगिकार गरेको छ । जुछेविचारधारा भनेको आत्म निरभर्ताको सिद्धान्त हो । यसको प्रतिपादन किम इल सुङले गर्नु भएको हो । आज कोरियाली जनताको मुख्य समस्या भनेको सन् १९५३ मा अमेरिकी साम्राज्यवादद्वारा विभाजित कोरियालाई एकीकरण गर्नु नै रहेको छ । यो विभाजनले अन्तरराष्ट्रिय राजनीतिमा समेत तनाव र द्वन्द्वसमेत लामो समयदेखि कायम रहदै आएको छ ।
२) कोरियाली क्रान्ति :
सन् १९३० मा कोरियामा वर्कर्स पार्टी कोरियाको निर्माण कमरेड किम इल सुङको नेतृत्व भएको थियो । त्यहाँ सुरुदेखि नै कम्युनिष्ट पार्टी नभनेर माक्र्सवाद–लेनिनवादको पथ प्रदर्शन र मार्ग निर्देशनमा संचालित वर्कर्स पार्टी (Worker’s Party of Korea) को निर्माण गरिएको थियो । माक्र्सवाद लेनिनवादमा त्यहाँको ठोस परिस्थिति र सापेक्षतामा आधारित किम इल सुङले माक्र्सवाद–लेनिनवादमा थप विकास गरि जुछे विचारधाराको प्रतिपादन गरेपछि माक्र्सवाद–लेनिनवाद–जुछे विचारधारालाई वर्कर्स पार्टी कोरियाले आफ्नो पक्षप्रदर्शक सिद्धान्तको रुपमा राख्दै आएको छ ।
सन् १९३० मा कमरेड किम इल सुङको नेतृत्वमा वर्कर्स पार्टी कोरियाको निर्माण गरे पश्चात उहाँकै नेतृत्वमा जनमुक्ति सेनाको निर्माण गरियो । र मजदूर किसान एकताको र सहयोगमा सन् १९३० देखि १९४५ सम्म कोरियामा सामान्तवाद र जापानी साम्राज्यवादका विरुद्ध भीषण राष्ट्रिय युद्ध संचालन गरियो र अन्त्यमा जापानी सेनालाई कोरियाली जनमुक्ति सेनाले पराजित गरे पछि १५ अगस्त १९४५ मा कोरिया घरेलु सामन्तवादी प्रतिक्रियावादी र जापानी साम्राज्यवादबाट स्वतन्त्र हुन पुगेको थियो ।
३. कोरियाली युद्ध (Korean war) :
विश्व राजनीतिको इतिहासमा सन् १९५० देखि १९५३ सम्म भएको विनासकारी युद्धलाई कोरियाली युद्ध (Korean war) भनिन्छ । यो युद्धको मुख्य कारक अमेरिकी साम्राज्य थियो । किनकी १५ अगस्त १९४५ मा जापानी सेना पराजित भएपछि उत्तरतिर रहेका सोभियत संघका सेना फिर्ता भएका थिए भने दक्षिणतीर अमेरिकाली साम्राज्यवादले आफ्ना सेना तैनाथ पारेर एकीकृत कोरियालाई उत्तर र दक्षिण गरि विभाजन हुन बाध्य तुल्याएको थियो । उत्तर कोरियाले एकीकृत कोरिया निर्माण गर्न चाहन्थ्यो र अमेरिकी साम्राज्यवादलाई कोरिया प्राद्वीपबाट लखाट्न चाहन्थ्यो । यसले गर्दा कोरिया र अमेरिकी साम्राज्यवादका बीचमा युद्धको खतरा त कायम नै थियो । अमेरिकी साम्राज्यवादले दक्षिण कोरियामा आफ्ना सेनाहरु तैनाथ गर्दै आएको थियो । तर उत्तर कोरियाले अमेरिकामाथि कुनै सैन्य आक्रमण भने गरेको थिएन । तर उत्तर कोरियाले अमेरिकामाथि हमला गरेको भनि संयुक्त राष्ट्रसंघमा रुसको अनुपस्थितिको समयमा सुरक्षा परिषदले उत्तर कोरिया माथि सैन्य हमला गर्ने भन्ने प्रस्ताव पारित गरि अमेरिकी नौ सेनाको जर्नेल मेकाथरको नेतृत्वमा १६ राष्ट्रका संयुक्त सेनाले सन् १९५० को जुलाइमा उत्तर कोरियामाथि सैन्य हमला गरेपछि युद्ध शुरु भएको थियो ।
कोरियाली युद्धको कारणले गर्दा संयुक्त राष्ट्रसंघको विश्व विभाजन नै भयो । रुस र चीन लगायतका अन्य मुलुकले उत्तर कोरियाको समर्थन गरेपछि उत्तरतीरबाट हमला गर्दै उत्तरतिरका कोरियाली सेनाहरु सिउलसम्म तल झरेका थिए । ३ वर्षसम्म कोरियाली युद्ध चल्यो । यस युद्धमा करीब १५ लाखसम्म कोरियाली जनताले राष्ट्रिय स्वाधिनताका निम्ति जीवन उत्सर्ग गरे । पाँच लाख जति चिनियाँ स्वयमसेवक र रुसको समेत ठूलो क्षति भएको थियो । पछि अमेरिकी साम्राज्यवादको हार भएपछि सन १९५३ मा उत्तरकोरिया र दक्षिण कोरियाको सिमानामा पर्ने पानामान जुङ्कमा शान्ति संझौता भयो र युद्ध रोकियो ।
अझै पनि उत्तर कोरिया र अमेरिकी साम्राज्यवादका बीचमा युद्धको स्थिति कायमै छ । किनकि शान्ति संझौता कायम हुन सकिरहेको छैन । दक्षिण कोरिया करीब ४० हजार सेना तैनाथ पारिएको छ । उत्तर कोरिया पहिलेकै अवस्थामा छैन । आज उत्तर कोरियाले सैन्य शक्तिलाई बलियो मात्रै पारेको छैन, आणविक हतियार, अर्थात् ब्लास्टिक बम, क्षप्रयास्त्र र शक्तिशाली हाइड्रोजन बम समेतको निर्माण र सफल परिक्षण समेत गरिसकेको अवस्था छ । अमेरिकी साम्राज्यवादले वर्षेनी दक्षिण कोरियासँग मिलेर सैन्य अभ्यास गरेर उत्तरकोरियालाई उत्तेजित गर्ने र जनतामाथि आतंक फैलाउने कार्य गर्दै आएको छ । यसले गर्दा कुनै पनि समयमा कोरिया र अमेरिकाका बीचमा युद्ध भड्किने सम्भावना प्रबल छ । उत्तर कोरियाले पहिले युद्ध छेडेमा भीषण युद्धमा उत्रिने अमेरिकी सम्राज्यवादको चाहना र योजना छ तर उसको चाहना पुरा गर्ने गरि उत्तर कोरियाले पहिलो फायर अमेरिकी साम्राज्यवादका विरुद्ध खोल्ने योजनामा छैन । तर अमेरिकी साम्राज्यवादले आक्रमण शुरु गरेमा पुनः अमेरिकालाई कोरियाली भूमिमा खरानी पार्ने योजनाका साथ उत्तरकोरियाले आणविक हतियारको निर्माण र सेनालाई बलियो र शक्तिशाली बनाउदै आएको छ ।
४) उत्तर कोरियाले किन आणविक हतियारको निर्माण र परिक्षण गर्दैै आएको छ ?
जुन सन १९५० देखि १९५३ सम्म तीन वर्षे कोरियन युद्ध भयो, त्यस युद्धमा अमेरिकी सेना पराजित भए पछि पानमान जुङ्कमा शान्ति संझौता कायम गरि युद्ध स्थगित गरिएको थियो । युद्ध पूर्ण रुपमा बन्द गरिएको थिएन । शान्ति संझौता भने युद्धरत दुवै शक्तिका बीचको शक्तिसन्तुलनका आधारमा गरिने अस्थायी युद्ध शान्ति संझौता पनि हो । यसले के दर्साउछ भने युद्ध कायमै छ र कुनै पनि समय र परिस्थितिमा पुनः युद्ध भड्कन सक्छ भन्ने नै हुन्छ ।
कोरियाली युद्धको समयमा अमेरिकी साम्राज्यवादद्वारा जुन उत्तर र दक्षिण गरि एकीकृत कोरियालाई विभाजित गरियो र उत्तर कोरियामा समाजवादी व्यवस्था लागु गरिदै आएको छ भने दक्षिण कोरियामा अमेरिकी साम्राज्यवादको सहयोग र उपस्थितिमा पुँजीवादी व्यवस्था चलाइएको छ ।
उत्तरकोरियाले विभाजित कोरियालाई शान्तिपूर्ण रुपमा एकीकरण गर्न चाहन्छ र निरन्तर रुपमा आफ्ना प्रयासलाई जारी राख्दै आएको छ । तर अमेरिकी साम्राज्यवादले दक्षिण कोरियामा आफ्ना सेना तैनाथ पारदै आएको छ र कुनै पनि बेला उत्तर कोरियासँग युद्ध लड्ने षडयन्त्र रच्दै आएको छ र निहुँ खोज्दै आएको छ ।
तसर्थ, सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध पानमान जुङ्क शान्ति संझौता मार्फत टुंग्याइएको र स्थायी शान्ति नभएका कारण कुनै पनि बेला कोरियाली युद्ध हुन सक्ने संभावना कायमै रहेका कारण आफ्नो आत्मरक्षा र कोरियाली राष्ट्रको राष्ट्रिय स्वाधिनतालाई बचाई राख्नका निम्ति उत्तरकोरिया आणविक हतियार (प्रमाणु बम) निर्माण गर्न, ब्लास्टिक बम तथा शक्तिशाली हाइड्रोजन बमको उत्पादन, निर्माण र सफल परिक्षण गर्न बाध्ये रहदै आएको छ । र अमेरिकी साम्राज्यवादले पुनः आक्रमण गरेमा पुनः बहादुरीपूर्ण युद्ध लडेर राष्ट्रिय स्वाधिनता बचाई राख्ने तयारीमा छ उत्तर कोरिया । सवाल के हो भनेक अब आणविक हतियार कसैले पनि निर्माण र उत्पादन तथा भण्डारण नगर्ने भन्ने हो । तर अमेरिका, रुस, चाइना, इजरायल, भारत लगायतका पुजीवादी मुलुकहरुले हतियार उत्पादन र भण्डारण गरिरहन पाउने, अन्य राष्ट्रले गर्न पाइन्न भन्ने जुन कुरा छ यो नै गलत छ । त्यसो भने त अमेरिका, रुस, चीन लगायतका मुलुकहरुले पनि हतियारहरु नष्ट गर्नु प¥यो । उनीहरुले आणविक हतियारको उत्पादन र भण्डारण गरि रहने र विश्वजनतालाई सधै आतंकित तुल्याई रहने । तेस्रो विश्वयुद्धको खतराको संकेत गराई राख्ने, तर अन्य राष्ट्रले आफ्नो आत्म सुरक्षा र राष्ट्रिय स्वाधिनताका निम्ति हतियार बनाउन नपाइने । यो नै अन्यायपूर्ण रहदै आएको छ ।
यसलाई छिचोल्दै जुन उत्तर कोरियाले आणविक हतियार, ब्लास्टिक बम र शक्तिशाली हाइड्रोजन बमको निर्माण र सफल परिक्षण गरिरहेको छ, उत्तर कोरियाको यो कदम र प्रयास विश्व जनताका लागि सहानीय नै छ र उत्तर कोरिकाले निर्भिक भएर अमेरिकी साम्राज्यवादको युद्ध उन्मादका विरुद्ध डटेर मुकाबिला गर्ने जुन आँट प्रदर्शन गरिरहेको छ, यस विषयमा विश्वभरका उत्पीडित राज्य र मुक्तिकामी जनताले उत्तर कोरियालाई धन्यवाद दिनु उपयुक्त हुन्छ र ऐक्यबद्धता जाहेर गर्न जरुरी छ ।