बस दुर्घटनामा ३ जनाको मृत्यु, १८ घाइते

बस दुर्घटनामा ३ जनाको मृत्यु, १८ घाइते

डोटी । जिल्लाको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले जानकारी दिए ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नं.को बस बुधबार बिहान दुर्घटना भएको हो ।