
काठमाडौं, २७ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको छ । नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल मात्र ३४.५ ओभरमा मात्र १११ रनमा अलआउट हुन पुग्यो ।
मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन । केही खेलाडीहरुले राम्रो शुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् । ओपनर सागर पुनलाई मात्र ३ रनमा गुमाएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हाल्न खोजे तर मल्ल २१ रन बनाएर अजिज खानको बलमा आउट भए । लगत्तै दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि पारस खड्काल आरिफ शेखसँग नेपालको स्कोरबोर्डलाई अघि बढाए । तर, १८ औँ ओभरमा पारस आउट भएपछि नेपाल ६९ रनको स्थितिमा चार विकेट गुमाएको स्थितिमा पुग्यो । अन्त्यतिर विनोद भण्डारीले आक्रमक खेल प्रस्तुत गर्दै १ छक्का र २ चौकाको मद्दतले १८ रन बनाए पनि जीतका लागि त्यो काफी हुन सकेन ।




सुसनले ७६ रन बनाएका एटकिन्सनलाई आउट गरेपछि ४०.४ ओभरमा हङकङ ८ विकेट गुमाएर १४४ रनको स्थितिमा रहेको थियो । तर, अन्त्यतिर तन्विर अफजाल र इसान नवाज मिलेर हङकङको पारी सम्हाले । करन केसीको बलमा क्याच आउट हुन अघि अफजालले ३ छक्का र ३ चौकासहित आक्रमक ३८ रन बनाए । केसीले २ विकेट लिए । हङकङले ४९.५ ओभरमा अलाउट हुँदै १९४ रन बनायो ।
विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् । हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना ११ खेलमध्ये ५ मा जीत तथा ६ मा हार बेहोरेको छ ।