एन्फा फुटसल लिग सुरु हुँदै, विजेता एएफसी च्याम्पियसिपका लागि छनोट हुने

एन्फा फुटसल लिग सुरु हुँदै, विजेता एएफसी च्याम्पियसिपका लागि छनोट हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि फुटसल लिग सुरु हुँदैछ ।

विभिन्न निजी ईभेन्ट मेनेजमेन्ट कम्पनीहरुले एकपछि अर्को गर्दै आ–आफ्नै फुटसल लिग आयोजना गरिरहेको बेला एन्फाले पहिलो पटक आधिकारिक लिग सुरु गरेको हो ।

१६ टोली सहभागी हुने फुटसल लिगको पहिलो संस्करण विजेताले ५ लाख नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिताबाट पहिलो पटक नेपालको राष्ट्रिय फुटसल टोली छनोट गरिने एन्फाले जनाएको छ । प्रतियोगिताबाट २५ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ ।

ती खेलाडीहरुबाट छानिएको अन्तिम टोलीले आगामी अक्टोबर १३ देखि २२ सम्म ईरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।