ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडकखण्डका विभिन्न स्थानमा गएको पहिरोले राजमार्ग अवरुद्ध बनेको छ ।

फुङलिङ नगरपालिका–८ दोखुस्थित धुसेनी भीरदेखि बहानन्देसम्मको स्थानमा गएको पहिरोले सडक बगाएको हो ।

सडक डिभिजन कार्यालयले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ ।

मध्यान्हसम्ममा सो सडक सञ्चालनमा ल्याइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट पाँचथर, ईलाम, झापा हुँदै विभिन्न स्थानमा जाने यात्रुवहाक सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर