एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा इतिहासकै सबैभन्दा ठूलो आँधीपछि आएको बर्षाका कारण हजारौं प्रभावित बनेका छन् ।

बर्षापछिको बाढीका कारण ह्युस्टन र त्यस आसपासका क्षेत्रमा जनताले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । ह्युस्टन् महानगर क्षेत्रमा बाढीको खतरा कायमै रहेको र सहरमा यात्रा गर्न असम्भव रहेको बताइएको छ ।

टेक्सास क्षेत्रमा ३० इन्च भन्दा बढी पानी परिसकेको र अझै भारी वर्षा जारी रहने भविष्यवाणी गरिएको छ । हार्भे नामक आँधीले भारी बर्षा गराएपछि ह्युस्टन र वरपरका क्षेत्र डुबानमा परेका छन् ।

कतिपय स्थानमा मानिसको मृत्यु भएको र गाडीहरु पानीमा डुबेका विवरणहरु सार्वजनिक भएका छन् ।

तर ह्यारिस् काउन्टीका एक अधिकारी ड्यारील कोलम्यानले क्षतिको विवरण संकलनको कार्य जारी रहेको जनाएका छन् ।

गभर्नर ग्रेग अबोटले बाढी र डुबानका कारण टेक्सासका २ सय ५० भन्दा बढी सडकहरु बन्द गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘अविरल पानी परिरहेका छ, पानी अझै पर्ने सम्भावना छ । बाढीले ह्युस्टन, भिक्टोरिया र कोर्पस क्रिस्टी क्षेत्र प्रभावित छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर