काठमाडौं । राजधानीमा जारी यू–१५ साफ च्याम्पियन्सीप फुटबलका सेमिफाइनलका खेल आज हुँदै छन् ।
आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्दैछन् । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
यसैगरी भारत र भुटानबीचको दोस्रो सेमिफाइनल पनि सोही समयमा सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा हुनेछ ।
६ टोली सहभागी प्रतियोगितामा समुह ए बाट बंगलादेश र भुटानले सेमिफाइनलमा स्थान बनाउँदा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो ।
यस्तै, समुह बी बाट भारत र नेपालले अन्तिम चारमा स्थान बनाउँदा दुवै खेलमा फराकिलो हार भोगेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो ।
उता, नेपालको प्रतिद्वन्द्वी बंगलादेश भने समुह चरणमा सतप्रतिशत विजयी नतिजा निकाल्दै सेमिफाइनल आइपुगेको हो ।





























