युरोपका उत्कृष्ट खेलाडीकोे घोषणा आज

युरोपका उत्कृष्ट खेलाडीकोे घोषणा आज

भाद्र ८ । युईएफएले २०१६ र १७ सिजनको उत्कृष्ट खेलाडीको नाम आज घोषणा गर्दैछ । दश दिन अघि उपाधि होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरिएको थियो ।

गत सिजन च्याम्पियन्स लिग उपाधि विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ मा छन् ।

युरोपियन फुटबलको उत्कृष्ट खेलाडीको छिनोफानो गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने ८० टोलीका प्रशिक्षक र युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतका आधारमा गरिएको हो । कुनैपनि प्रशिक्षकले आफ्नो टोलीको खेलाडीलाई मत दिन पाउने छैनन् ।

पछिल्लो सिजन रोनाल्डोले जितेका यस उपाधि मेस्सी र रोनाल्डो दुवै खेलाडीले २ र २ पटक जितेका छन् । सन् २०११ मा सुरु भएको यस उपाधिको पहिलो विजेता आन्द्रेस इनिएस्टा थिए भने त्यसपछिको सिजन फ्र्यांक रिबेरीले जितेका थिए ।

युईएफाले यसै वर्षबाट गत सिजनको च्याम्पियन्स लिगका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डको नाम पनि घोषणा गर्दैछ ।

यस सिजनको युइएफा च्याम्पियन्स लिगको समूह चरणको ड्र पनि सोहि कार्यक्रममा हुँदैछ । मोनाकोस्थित ग्रिमाल्डि फोरममा हुने ड्रका लागि सहभागी २४ टोलीको छिनोफानो भइसकेको छ ।

कार्यक्रम नेपाली समयानुसार बिहिबार राति ९ः४५ बजे हुनेछ ।