कैलाली । राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीमा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृत्यु अवस्थामा भेटिएका छन् ।
भिमदत्त नगरपालिका–३ तिलकपुर स्थायी घर भएका २५ वर्षीय कुँवर काम सकेर बुधबार साँझ घर फर्किएका थिए ।
मृतक कुँवर भिमदत्त नगरपालिका–६ ऐठपुर नजिकै बिहीबार विहान सडकबाट केही तल मृत अवस्थामा फेला परेको राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम पाण्डेले बताए ।
कुँवरले चढ्दै आएको म. २ प ६२३ नम्बरको मोटरसाइक समेत घटनास्थल नजिकै भन्ने बारेमा अहिलेसम्म पुष्टि भएको छैन ।
मृतक कुँवरकी श्रीमती र ५ वर्षकी छोरी रहेकी छन् । मृतक कुँवरका श्रीमती पनि सशस्त्र प्रहरीमा नै कार्यरत रहेकी छन् ।