दिल्लीमा प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’, के–के गर्दैछन् आज ?

दिल्लीमा प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’, के–के गर्दैछन् आज ?

काठमाडौं । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहान ९ बजे राष्ट्रपति भवनको औपचारिक सलामी कार्यक्रम ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

त्यसलगत्तै उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्प अर्पण गरेका थिए । साढे ११ बजे उनी हैदरावाद हाउस पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

त्यसपछि दुवै प्रधानमन्त्रीको नेतृत्वमा दुई पक्षीय औपचारिक वार्ता हुने कार्यक्रम छ । जसमा विभिन्न समझदारीपत्रमा त्यसपछि हस्ताक्षर हुनेछ ।

नेपालमा भूकम्पपछिको पुनर्निर्माण, नार्कोटिक्स लागुऔषध नियन्त्रण र नेपाल एवं भारतका गुणस्तर चिन्ह व्यवस्थापन लगायतका विषय छन् ।

त्यसपछि उनले भारतीय गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीले छुट्टाछुट्टै भेट गर्नेछन् ।

राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति वैंकया नायडूसँग पनि छुट्टाछुट्टै भेटवार्ता हुनेछ ।

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहले पनि देउवालाई भेट्दैछन् ।

इण्डिया फाउण्डेशनले गरेको कार्यक्रममा पनि देउवा सहभागी हुनेछन् । बिहीबार नै नेपाली दूतावासले देउवाको सम्मानमा रात्रीभोजको आयोजना गर्दैछ ।