राजपाद्वारा चुनावमा सहभागी हुने निर्णय

राजपाद्वारा चुनावमा सहभागी हुने निर्णय

काठमाडौं । संविधानप्रति असन्तुष्टि प्रकट गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा सहभागी हुने भएको छ ।

मंगलबार र बुधबार दुई दिनसम्म चलेको पदाधिकारी बैठकले चुनावमा जाने निर्णय गरेको हो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अधिकांशको विचार चुनावको पक्षमा आएको बताएका छन् ।

उनले भने, ‘पार्टीको निम्ति धर्मसंकट र परिस्थिति कठिन छ । तर तपाईंहरुकै धारणा र आदेशका आधारमा त्यसबाट निस्कनै पर्छ । अधिकांश साथीहरुको विचार चुनावको पक्षमा आएको छ। मलाई लाग्छ, पार्टी चुनावमा जानु पर्छ भनेर तपाईंहरुले निर्णय गरिदिनु भएको छ।’

निर्वाचन चिन्ह, उम्मेद्वार चयनको मापदण्ड लगायतका विषयलाई अन्तिम रुप दिने जिम्मा अध्यक्ष मण्डललाई दिइएको छ । तर चुनावमा जाने कुरामा आफूले लिखित असहमति जाएको महासचिव मनिस सुमनले बताए ।

उनले भने, ‘मैले चुनावमा जानु आत्मघाती हुन्छ भनेर लिखित अहसमति जनाएको छु । अरु केही साथीहरुले पनि मेरो असहमतिमा साथ रहेको बताएका छन् ।’