बाढी पिडितको लागि १० लाख डलर चीनबाट सहयोग

बाढी पिडितको लागि १० लाख डलर चीनबाट सहयोग

काठमाडौ । छिमेकी देश चीनले बाढी पहिरो पिडितको लागि १० लाख डलर सहयोगको घोषणा गरेका छन् । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज सोल्टी होटलमा उपप्रधानस्तरीय भेटवार्ता कार्यक्रमको बीचमा सो घोषणा गर्नु भएको हो । 

नेपालका तर्फबाट उपप्रधान एवं स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारको नेतृत्वमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहित  लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिवको पनि भेटवार्तामा सहभागी रहेको छ ।

आजै उपप्रधानमन्त्री याङले नेपाल र चीन वीच तीन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । याङ सोमबार पाकिस्तानबाट काठमाडौ आएका हुन ।