शैक्षिक माफियाविरुद्ध अखिल (क्रान्तिकारी)

शैक्षिक माफियाविरुद्ध अखिल (क्रान्तिकारी)

प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको एक जना प्रतिनिधि कथित माननीय सांसद धनराज गुरुङ्गले केही समय अघि संसदमा एउटा अभिव्यक्ति दर्ज गराए । उनले भने– “यो देश (नेपाल) माफियाहरुले चलाएका छन् ।” हामी क्रान्तिकारीहरुले सधै भन्दै आएका छौं कि नेपाल साम्राज्यवाद र विस्तारवादद्धारा पालित पोसित घरेलु समान्त, दलाल, नोकरशाही पुँजीपति र माफियाहरुले सञ्चालन गर्दै आएको छ । र यो नेपाली प्रतिक्रियावादी संसदीय व्यवस्था कै चरित्र हो । जुन कुरा उनीहरु आफैले आफ्नो वैधानिक मञ्च संसदबाटै घोषणा गरे । हामीले भन्दै आयौं कि नेपालमा भू–माफिया, जलमाफिया, शैक्षिक माफिया, तस्कर, भ्रष्टाचारी, घुसखोरी, लुटतन्त्र र राष्ट्रिघातीहरुलाई प्रतिक्रियावादी संसदीय पार्टी र संसदीय व्यवस्थाले नै संरक्षण र पालनपोषण गर्दै आएको छ । यो कुरा नेपालका दलाल प्रतिक्रियावादी नेताहरुलाई बोध नभएको त होइन तर उनीहरु सार्वजनिक रुपमा खलेर बोलेका त थिइनन् । ढिलो चाडो उनीहरु आफैले यसको विरोधमा बोल्न थालेका छन् । जुन स्वागत योग्य छ ।

यस सन्दर्भमा यहाँ जोड्न खोजेको कुरा वर्तमान नेपालको शिक्षा क्षेत्रको हो । अन्य क्षेत्रको मौलाएको भ्रष्टाचार, लुटतन्त्र, चर्को मुल्य सहितको व्यापारिकरण, विदेशीकरण र माफियाकरण पुरानो क्रोनिक रोग हो भने शिक्षा र स्वास्थ्य क्षेत्रमा यसले संक्रमण गर्न थालेको छ । र यहाँ शिक्षा क्षेत्रको यो क्रोनिक संक्रमणको बारेमा चर्चा गर्न खोजिएको हो ।

शिक्षा र स्वास्थ्य अकुत नाफा कमाउन व्यापार गरिने क्षेत्र होइन । यो सेवामूलक क्षेत्र हो र यो राज्य नियन्त्रीत हुनुपर्छ । तर नेपालको शिक्षा क्षेत्रमा अनियन्त्रित र अवैध ढंगबाट निजीकरण, व्यापारिकरण, माफियाकरण र विदेशीकरण व्याप्त छ । अहिले नेपालमा सबभन्दा छिटो र सजिलरी अकुत मुनाफा कमाउने व्यापार शिक्षा क्षेत्र भएको छ । नेपाल सरकार र सम्बन्धित निकाय शिक्षामा भएको यो व्यापारिकरण र माफियाकरण रोक्नुको सट्टा आर्थिक प्रलोभनमा परी भित्रभित्रै उनीहरुलाई वैधानिकता दिन र संरक्षण गर्न उद्यत छन् ।

दश वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलन पश्चातको राजनीतिक परिवर्तले यी माथि उल्लेखित शैक्षिक समस्याहरुको समाधान हुन्छ भन्ने हामीले ठानेका थियौं । तर जनयुद्धको नेतृत्व गर्ने नेताहरुको एउटा समूह र उ निकाटको केही क्रान्तिकारी विद्यार्थीहरु नवसंशोधनवाद र प्रतिक्रियावादमा पतन भएपछि नेपाली क्रान्तिले धोका खायो र जनताको चहना अनुरुपको परिवर्तन हुन सकेन । फलस्वरुप क्रान्तिकारी विद्यार्थी आन्दोलन पनि कमजोर हुन पुग्यो र शैक्षिक क्षेत्रको आमूल परिवर्तन अपुरो रहिरह्यो ।

हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले नेपालको शिक्षा क्षेत्रमा भएको निजीकरण, व्यापारिकरण, माफियाकरण र विदेशीकरणको सैद्धान्तिक, नीतिगत र व्यवहारिक एवं क्रियात्मक तहबाट विरोध र प्रतिरोध गर्दै आएका छ र यो जारी छ । अहिले हामी यसको विरोध र प्रतिरोध नया ढंगबाट उठान गर्नु पर्ने चुनौति र बाध्यात्मक अवस्थामा आइपुगेका छौं । अनेरास्ववियू (क्रान्तिकारी) ले हालसालै केही शैक्षिक संस्थाहरुमा तोडफोड र आगजनी गरेको कुरा सार्वजनिक भयो र त्यसको जिम्मेवारी पनि संगठनले लियो । यो क्रियात्मक संघर्ष हामीले क्षणिक आवेशमा नायकत्व देखाउन, आर्थिक संकलन गर्न र प्रतिसोध साध्न गरिरहेका छैनौं । बरु ती विकृति र विसंगतिको अन्त्य गर्दै जनताका छोराछोरीलाई निःशुल्क, सर्वसुलभ र सहज तवरले शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकार प्रदान गर्नको खातिर गरिरहेका छौं । साथै देशलाई माफियाकरणबाट बचाउन बाध्यात्मक र निर्विकल्प उपाय स्वरुप सचेततापूर्वक तवरमा गरेका हौं । यो क्रमलाई हामी अझ सशक्त र देश व्यापी बनाउने योजनामा छौं ।

आन्दोलन, संघर्ष र युद्ध कसैको पनि रहर हुदैन । जब समस्या, विकृति, विसंगती र अन्यायले सिमा नाघ्छ अनि युद्ध अनिवार्य र अन्तिम उपाय हुन्छ । हामीले नेपालको विभिन्न तह र संकायका शैक्षिक क्षेत्रमा रहेका तमाम समस्याहरुको शान्तिपूर्ण समाधान र निकाश खोज्यौं । हाम्रो संगठनले समुदायिक÷सरकारी विद्यालय र विश्वविद्यालयको विकास, स्तरोन्नती र संरक्षणको निम्ति लामो समयदेखि आवाजहरु एठायौं । नीजि विद्यालय र नीजि उच्च मा.वि.हरुलाई विद्यार्थी र अविभावकको ढाड सक्ने गरी शुल्क वृद्धि नगर्न, विद्यार्थी संगठनहरुसँग विगतमा भएका सहमतिहरुको कार्यान्वयन गर्न, जेहेन्दार र विपन्न वर्गलाई प्रदान गर्नु पर्ने छात्रवृत्ति इमान्दारपूर्वक लागु गर्न, विदेशी नाम हटाउन, विद्यार्थीलाई विज्ञापनको साधन नबनाउन, नाजायज शिर्षकहरुमा शुल्क नलिन, विद्यालयबाटै पोशाक र पाठ्य सामग्रीको व्यापार नगर्न लगायतका मुद्धाहरुलाई सुल्झाउन विज्ञप्ती, मागपत्र, ध्यानाकर्षणपत्र, अन्तक्र्रिया, शान्तिपूर्ण धर्ना र दबाब दियौं । यी समस्या समाधानका लागि सरकारीको शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय र सम्बन्धित निकायलाई अनुरोध ग¥यौं ।

विभिन्न विश्वविद्यालय र सिटिइभिटि सम्बद्ध आंगिक र सम्बन्धन प्राप्त उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुभित्रका विकृति र विसंगतिका बारेमा पनि हाम्रो संगठनले आवाज उठाउदै आएको छ । त्रिविविका आंगिक क्याम्पसहरुको खण्डीकरण, स्वयत्तता र विना पूर्वतयारी लागु गरिएको सेमेस्टर प्रणालीको विरुद्ध हामीले शान्तिपूर्ण आन्दोलनहरु ग¥यौं । प्राविधिक कलेजहरुको भौतिक पूर्वाधार (भवन, ल्याब, पुस्तकालय, प्रयोगात्मक अभ्यास गर्ने फिल्ड आदि), चर्को शूल्क, छात्रवृत्तिमा घोटला, प्रबेश परीक्षा र भर्नामा हुने अनियमितता, सम्बन्धन लिनको लागि ह्ुने आर्थिक चलखेल, पदाधिकारी र कर्मचारी नियुक्तिमा हुने दलगत भागबण्डा, परीक्षा प्रश्नपत्र आउट हुने विकृति लगायतका विषयमा वैधानिक रुपको विरोध ग¥यौं । तालाबन्दीको संघर्षहरुसम्म ग¥यौं ।

सामूहिक र शान्तिपूर्ण निकाषको निम्ति हामीले संसदवादी दल निकट विद्यार्थी संगठनहरुसँग संयुक्त आन्दोलनको प्रयासहरु पनि ग¥र्यौं । संसदवादी दल निकट संगठनहरुको सस्तो लोकप्रियताको लागि प्रचारात्मक रुपमा मुद्धा उठाए झै गर्ने र त्यसलाई आर्थिक लाभमा लगेर टुंग्याउने वा आफ्ना माउ पार्टीका मालिक माफियाहरुको अगाडी आज्ञाकारी भएर आन्दोलन तुहाउने षडयन्त्रको माध्यम बन्ने प्रवुत्तिले हामी क्रान्तिकारीहरुले सधै धोका खानु प¥यौं । नेविसंघ, एमाले अखिल र माके अखिल कै विकृत रुप र स्वरुपका कारण हामी क्रान्तिकारीहरुलाई पनि शैक्षिक माफियाहरुले पैसामा किन्ने र मुल मुद्धाको आन्दोलन तुहाई आफ्नो साम्राज्य अफ फैलाउने दुश्प्रयासहरु गर्न थाले ।

हामीले उठाएका आम विद्यार्थीका न्यायपूर्ण र जायज मुद्धाहरु रद्दीको टोकरीहरुमा मिल्काइए । हामीले गरेको तालाबन्दी, टाँस गरेका विज्ञप्ती तथा शान्तिपूर्ण आन्दोलनहरुलाई प्रहरी प्रशासन र गुण्डाहरु लगाएर तोडिए, च्यातिए र दमन गरिए । यस्तो दुस्साहसी हर्कतहरुले हामीलाई उत्तेजित बनाईरहेका छ । यति बेला हामी क्रान्तिकारीहरु संख्यातमक् रुपले थोरै छौैं । यसलाई प्रतिक्रिवादी सत्ता र तीनका मालिक माफियाहरुले कमजोर आक्ने, होच्याउने र हेप्ने दुस्साहसी हर्कतहरु प्रदर्शन गर्न थालेका छन् । हामी थोरै हौला तर हामी कमजोर छैनौं ।

हाम्रो संगठन अनेरास्ववियू जनयुद्धको रक्तरञ्जित ऐतिहासका श्रृङ्खलाहरु पार गर्दै आएको संगठन हो । हामी हाम्रो सिद्धान्त, सहिदको सपना र आम विद्यार्थीहरुको हकहितको निम्ति कहिल्यै पछि हट्ने छैनौं । बरु नयाँ सिराबाट हामी क्रान्तिकारी आन्दोलनलाई उठान गर्दै शैक्षिक आन्दोलनको नयाँ अध्याय र एतिहास निर्माण गर्ने दिशामा छौं । हामी नेविसंघ, एमाले अखिल र माके अखिल कदापि बन्ने छैनौं । हामीलाई पनि शैक्षिक माफियाहरु र दलालहरुले त्यही कोटीको सोच्छन् भने त्यो भ्रम मात्र हो । हामी त नवसंशोधनवाद, अवसरवाद र दक्षिणपन्थी सबै हावाहुण्डरी सबै पार गरेर यहा आइपुगेका छौं । हामीले त अर्को नयाँ विद्रोह गर्ने संकल्प गरिसकेका छौं । हामीले अहिले केही शैक्षिक संस्थाहरुमा भौतिक कारवाही सुरु गरेर नयाँ शैक्षिक विदूोहको संकेत र सुरुवात गरेका छौं । शैक्षिक माफिया र दलाल सरकारलाई यो सांकेतिक चेतावनी मात्र हो । यो आगजनी र तोडफोडबाट उनीहरुले हाम्रो जायज मुद्धाहरु शान्तिपूर्ण तवरले समाधान गर्ने प्रयास गरेनन् भने हामी उनीहरुको विरुद्ध आगो ओकल्न र विद्रोहको राँको बाल्न बाध्य हुनेछौं । चेतना भया ।