एजेन्सी । उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएको प्रतिबन्धको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उसले अमेरिकालाई त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो ।
प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै उत्तर कोरियाले त्यसको परिणाम भोग्न अमेरिकालाई गाह्रो पर्ने चेतावनी दिएको हो । उत्तर कोरियाले आफ्नो देशमाथिको प्रतिबन्धलाई सार्वभौमसत्तामाथिको आक्रमण भनेको छ ।
फिलिपिन्समा आयोजित क्षेत्रीय सम्मेलनका क्रममा उत्तर कोरियाका प्रवक्ता बैंङ्ग क्वाङ्ग ह्युकले कोरियाली प्रायद्वीपका केही स्थानको खराव अवस्था र परमाणु कार्यक्रमको सम्पूर्ण जिम्मेवारी अमेरिकाको भएको आरोप लगाए ।
यसअघि दक्षिण कोरियाले राखेको वार्ता प्रस्ताव उत्तर कोरियाले अस्वीकार गर्नुका साथै अमेरिकाबाहेकका राष्ट्रविरुद्ध परमाणु हतियार प्रयोग नहुने बताएको थियो ।