काठमाडौं । नेपाल यु–२३ एसियन च्याम्पियनसिप छनोट फुटबलको पहिलो खेलमा युएईसँग ५–० ले पराजित भएको छ ।
युएईमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको २३ वर्षमुनिको टोलीलाई घरेलु टोलीसँग ५–० ले स्तब्ध बनेको हो ।
पहिलो हाफमै ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न खोजेपनि थप गोल खान पुगेको थियो ।
नेपाल रहेको समूह ‘डी’ मा युएईसँगै उज्वेकिस्तान र लेबनन रहेका छन् । नेपालले सोमबार (भोलि) उज्वेकिस्तान र बुधबार लेबननसँग खेल्ने छ ।
एसियाका ४० टोलीलाई १० समूहमा विभाजन गरेर भइरहेको छनोट चरणबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष चीनमा आयोजना हुने एसियन युथ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने छन् ।






























