काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभाबाट रोहन गुरुङ निर्वाचित भएका छन् । उनी ४३४ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी विमल ढकालले ३४१ मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तवनाले ४९५ मत ल्याई विजयी भए भने उनका निकटम प्रतिष्पर्धी प्रज्ञान न्यौपानेले ३१० मत ल्याए । त्यस्तै द्वितीय उपाध्यक्षमा ढकाल प्यानलका भुुवन गुरुङ ४०७ मत ल्याई विजयी हुन सफल भए भने उनका निकटतम प्रतिष्पर्धी सुवर्ण श्रेष्ठले ३६२ मत पाए । तृतीय उपाध्यक्षमा शुक्र पाख्रिनले ४३२ मतका साथ वियजी भए ।
संघको महासचिवमा गुरुङ समूहका नरेश गलाल विजयी भएका छन् । गेलालले ४४९ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी सुजित श्रेष्ठले ३७८ मत ल्याए । त्यस्तै सचिवमा ईश्वर जीसी ४०० मतका साथ विजयी भए ।
कोषाध्यक्षमा ढकाल प्यानलकी राधिका कटुवाल विजयी भएकी छिन् । उनले ४०४ मत ल्याएर विजयी भएकी हुन् ।
ढकाल नेपाली कांग्रेस निकट हुन् भने गुरुङ नेकपा एमाले निकट हुन् । ढकाललाई ललितपुर वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार तराई÷मधेस मञ्चले सर्मथन गरेको थियो भने गुरुङलाई माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, गुरुङ व्यवसायी समाज तमुधीँ, तामाङ समाज, विश्वकर्मा समाज नेपाल र मगर समाजले पनि निर्वाचनमा सहयोग गरेका थिए । निर्वाचनमा आठ सय ४८ जना प्रतिनिधि थिए ।