समकालीन क्रान्तिकारी रचनाकार र तिनका वैशिष्ट्य एवम् प्रवृत्ति

समकालीन क्रान्तिकारी रचनाकार र तिनका वैशिष्ट्य एवम् प्रवृत्ति

हिलेको समय सामन्तवाद, दलाल पुँजीवाद, साम्राज्यवाद तथा विस्तारवाद विरुद्ध क्रान्तिकारी विद्रोहको समय हो । दलाल पुँजीवाद तथा विस्तारवादका पिठ्ठु र चाकरहरुको दमन, जालझेल र षड्यन्त्रका विरुद्धमा क्रान्तिकारी शक्तिका साथै क्रान्तिकारी उत्पीडित जनता उठ्ने क्रममा क्रान्तिविरोधी र राष्ट्रविरोधी तत्व सलबलाएका छन् र तिनले आफ्नो प्रतिक्रियावादी शासन सत्तालाई दरिलो बनाउन संसदीय पद्धतिका चुनावी प्रक्रियालाई अगाडि बढाएका छन् ।

यस क्रममा समयोचित वर्गसंघर्षको उदात्त पक्षलाई जनवादी–समाजवादी साहित्यकारहरुले आफ्ना रचनाको प्रमुख विषयवस्तु बनाएका छन् र समकालीन यथार्थलाई रचनामा भित्र्याएका छन् । विशेषतः माक्र्सवाद, लेनिनवाद र माओवादको विरोधी तत्व–प्रतिक्रियावादमा पतन भएको–एकथरी माक्र्सवादी पङ्क्ति आफुलाई क्रान्तिकारी र परिवर्तनकारी मान्दै आएको छ र तिनका लेखकहरु आपूmलाई समाजवादी मान्न थालेका छन् । मालेमावादी दर्शन र विचारका विपरीत संसदीय–बुर्जुवा शासन सत्तामा आफ्नो मुक्ति देख्ने उक्त तत्वको घनिष्ठ सम्बन्ध प्रतिक्रियावाद, समन्वयवाद र आदर्शवादसँग रहेको छ ।

क्रान्तिकारी वा प्रगतिवादी साहित्यमा हुुनुपर्ने सर्वहारा वर्गप्रतिको आस्था, सर्वहारा अधिनायकत्वप्रतिको दृढता, वर्गसंघर्ष र बल प्रयोगको क्रान्तिकारी सिद्धान्त र प्रवृत्तिप्रति विश्वास, मुक्तिको उत्कट चाहना, जीवनमा प्रेम र आस्था, क्रान्तिकारी उत्साही भावना, विचारमा स्पष्टता, सर्वहारा तथा उत्पीडित वर्गप्रति प्रेम, भविष्यप्रतिको विश्वास प्रभृृत्ति वैशिष्ट्य नै क्रान्तिकारी लेखक र तिनका सिर्जनामा रहन्छन् । सर्वहारा वर्गको वर्गसंघर्ष र सर्वहारा मानवतावादको निम्ति समर्पित क्रान्तिकारी तत्वसँग एकाकार भई लागेको सर्जक यथार्थवादका विपरीत ध्रुवमा उभिन सक्दैन । क्रान्तिको यस जनवादी अवधिमा क्रान्तिकारी लेखक÷सर्जकहरुमा कुनै द्विविधा छैन । उसको बाटो उवडखावडयुक्त छ र अगाडि–पछाडि तथा पछाडि–अगाडि बढ्दै जानुपर्ने भएकाले कहिलेकाहिँ भ्रम सिर्जना हुन सक्छ तापनि आफ्नो दिशा र गन्तव्यका सम्बन्धमा स्पष्ट हुनु र अनेकौं अप्ठ्याराहरुलाई पन्छाउँदै सिर्जन कर्ममा बढ्नु पर्दछ । 

Mao Zedong literature line the stalls near his former home in Shaoshan, the birthplace of Mao Zedong and CCP pilgrimage site

राजतन्त्रको विस्थापन र बुर्जुवा गणतन्त्रको स्थापना भएपश्चात् दलाल पुँजीवादी तथा सामन्ती तत्वसँगै संशोधन–नवसंशोधनवादी–दक्षिणपन्थी तत्वको मेल भएबाट क्रान्तिकारी विचारधारामा आवद्ध केही लेखक–कविहरु पनि त्यसै प्रतिक्रियावादी भावधारामा समर्पित भई त्यसकै गीत गाउन थालेका छन् । वास्तवमा दलाल पुँजीवादी सत्ताका विरुद्ध ती लेखकहरु क्रान्तिकारी जनताका पक्षमा नओर्लिई निराशा, रहस्य, असन्तोष, दुखेसो, गुनासो पोखेर आफ्नो पलायनवादी तथा निराशावादी दृष्टिकोण प्रकट गर्दै आएका छन् । आज हामी के देख्छौं भने क्रान्तिका विरुद्ध कुण्ठा र स्खलित नायकप्रति स्तुतिभाव तिनका विशेषता भएका छन् । संसदीय सत्ता र व्यवस्थामा जनताको परिवर्तनको आकांक्षा मुखरित हुन नसक्ने कुरालाई ढाकछोप गर्ने नियत तिनमा रहेको छ ।

सर्वहारा वर्गको क्रान्ति कर्म र संघर्षलाई तिरोहित गर्नमै विचारविहीन लेखकहरु लाग्दछन् भने तिनका अराजक एवम् अवसादमूलक अभिव्यक्तिले उत्साही क्रान्तिकारी जनतालाई सहयोग पु¥याउने भन्दा पराजित मानसिकता निर्माण गर्न मद्दत गर्दछन् । वर्ग संघर्ष, क्रान्ति र परिवर्तनलाई मूर्तीकरण नगरी आपूmलाई दलाल पुँजीवादी व्यवस्थामा स्थापित गर्ने र बुर्जुवाकरणमै आफ्नो भविष्य देख्ने तथा सर्जकीय अर्थहीन चमत्कारलाई आफ्नो मौलिकता बनाउने अभियानमा कथित उमुक्त पुस्ताका साथै नारीवादी र नश्लीय चेतनासँग सम्बन्ध लेखक समुदाय देखा परेको छ । त्यस्ता लेखकहरुका रचना क्रान्तिकारी जस्ता देखिए पनि तिनको अन्तर्यमा क्रान्तिको विरोध रहन्छ । दलाल पुँजीवादी प्रतिक्रियावादी सामन्ती शोषण र अत्याचारबाट मुक्तिको अभिकामना नगरी त्यसैमा एकाकार बनी गरिने परिवर्तनको स्वरले वर्गीय उन्मुक्ति हुन सक्तैन, यसर्थ दलाल पुँजीवादी–सामन्ती सत्ताबाट सर्वहारा तथा उत्पीडित जनतालाई मुक्तिको बाटोमा लगाउनु र त्यसप्रति प्रतिबद्ध भई सिर्जनामा लाग्नु क्रान्तिकारी लेखकहरुको दायित्व हो ।  जनतन्त्र तथा राष्ट्रिय स्वाधीनताको मुक्तिघोषलाई नस्वीकार्ने तत्व आफैमा कलाविरोधी र जनविरोधी पनि हो ।

नेपाली जनताको संघर्षलाई दुर्बल बनाउने तत्व कदापि क्रान्तिकारी हुन सक्तैन । दलाल वर्गलाई नै संप्रभु तथा सबल बनाउने संविधान र त्यसप्रतिको प्रतिबद्धताले क्रान्तिकारी बनाउदैन बरु संशोधन–नवसंशोधन तथा दक्षिणपन्थी बनाउँछ । नेपालमा स्थापित यो नयाँ सत्ता दलाल पुँजीवादी–सामन्ती राज्य सत्ता हो र यसप्रति दलाल तथा सामन्त वर्ग प्रसन्न रहेको छ । यसकारण देशी–विदेशी प्रतिक्रियावादीद्वारा समर्पित शासन सत्ताका विपक्षमा उभिनु र तिनको शोषण–अत्याचारबाट उत्पीडित वर्गलाई मुक्ति दिनु नै आजको साहित्यको उद्देश्य हुनु पर्दछ ।   यसक्रममा दलाल पुँजीवादी–सामन्ती तत्व र सर्वहारा तथा उत्पीडित वर्गका बिचको अन्तर्विरोधको पहिचान गरी क्रान्तिकारी विचार र सौन्दर्यको अभिव्यक्ति दिई उत्पीडित वर्गको चेतना विस्तारका साथै विद्रोहको मार्ग प्रशस्त गर्नु नै अहिलेको सर्जक र सिर्जनाको ध्येय हुन सक्छ ।

बुर्जुवापन्थता र दक्षिणपन्थता एवम् संशोधन–नवसंशोधन पन्थताका विरुद्ध–साहित्यकार र तिनका सिर्जना गाँसिनु अति आवश्यक छ । त्यसो गर्न सकेमा मात्र सर्जकको युगीन दायित्व निर्वाह भएको मान्न सकिएला । अहिलेका सर्जकका मुख्य कार्यभार÷दायित्व निम्न रहेका छन् :

क) अहिलेको सामाजिक जीवनको सम्बन्धमा क्रान्तिकारी विषयवस्तुको चयन आफ्ना रचनामा गर्नु ।

ख) नयाँ जनवादी क्रान्तिका साथै जनवादी अधिनाकत्वको पक्षमा उभिई जनतन्त्र र स्वाधीनतालाई आफ्ना रचनामा प्रश्रय दिनु तथा संघर्षका निम्ति उत्प्रेरित गर्नु । 

ग) स्थापित बुर्जुवा गणतन्त्रका विरुद्ध जनगणतन्त्रको पक्षधर हुनु । 

घ) लोकतन्त्रको अर्थ संसदीय पद्धति हो भन्ने कुराको विरोध गर्नु । 

ङ) रेट्रो लोकतन्त्र ९च्भतचय–म्झयअचभअथ० का विरुद्ध उभिनु । 

च) सर्वहारा तथा उत्पीडित वर्गका पक्षमा दृढतापूर्वक लाग्नु ।

छ) जनताको सांस्कृतिक तथा सांघर्षिक चेतनालाई उठाउनु र विद्रोहतर्फ लाग्न हौसल्याउनु ।

ज) प्रतिक्रियावाद उन्मुख तथा प्रतिक्रियावादी तत्वको भण्डाफोर गर्नु ।

झ) वर्ग सङ्घर्ष र बल प्रयोगको विचारलाई प्रभावशाली रुपमा राख्नु । 

ञ) अन्धविश्वास तथा रुढिवादी मान्यताका विरुद्धमा उभिनु । 

ट) आमूल परिवर्तनको भावनालाई बलियो बनाउनु । 

ठ) वुर्जुवापन्थी तथा दक्षिणपन्थीका विरुद्ध जनचेतना निर्माण गर्नु । 

ड) सर्वहारा मानवतावाद तथा सर्वहारा अधिनायकत्वको पक्षमा खरो रुपमा देखिनु ।

ढ) दलाल पुँजीवादी तथा सामन्ती तत्वका विरुद्ध निर्मम आलोचना र प्रहार गर्नु । 

ण) साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध खरो रुपमा उत्रनु । 

त) जनयुद्ध, सशस्त्र संघर्ष र जनआन्दोलनलाई समर्थन गर्नु र उदात्त आदर्शप्रति प्रतिबद्ध रहनु तथा त्यसको चित्रण गर्नु ।

यिनै कतिपय पक्षमा लाग्नु र कला सौन्दर्य तथा मूल्यप्रति अडिग भई सिर्जनाकर्ममा होमिनु एवम् विद्रोहको धरातल निर्माण गर्नु नै क्रान्तिकारी रचनाकारका वैशिष्ट्य तथा प्रवृत्तिगत पहिचान हुन् ।