विप्लवको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा र गुरुङ गिरफ्तार

विप्लवको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा र गुरुङ गिरफ्तार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य मंगलबार बिहानै काठमाडौंबाट पक्राउ परेका छन् ।

निर्वाचन बहिस्कार आन्दोलनका क्रममा पक्राउ परेका नेता÷कार्यकर्ताको रिहाइको माग गर्दै आव्हान गरेको बन्दका क्रममा प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको हो ।

बन्दका क्रममा विप्लवको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा बिरही र मकर गुरुङसहित आधा दर्जनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।

बन्दका क्रममा रत्न मगर, झनक श्रेष्ठ, भीमबहादुर खड्का, हरि श्रेष्ठ, सुशिल बलम्पाकीलगायतका कार्यकर्ता समेत पक्राउ परेका छन् ।

स्थानीय निर्वाचनका क्रममा गिरफ्तार गरेका नेता कार्यकर्तालाई प्रहरीले रिहा नगरेको भन्दै नेकपाले मंगलबार नेपाल बन्दको आव्हान गरेको हो । बन्दको सामान्य प्रभाव परेको छ ।