भरखरै सकिएको भुइँ तहको चुनाउको समीक्षा, माकेसँगको चुनावी तालमेल र ऊसँगको सत्तासाझेदारी, सरकारमा जन्तीमण्डलको विस्तार, आगामी चुनाउ र सरकारको कार्यभार आदि विषयमा केन्द्रीत रहेर सरकारका पर्धानमन्त्री कामरेड डेउडापतिसँग झर्रोटर्रो कार्यालयको आयोजनामा गरिएको ‘झर्रोेसवाल’ कार्यक्रमको सङ्क्षीप्त बहस यहाँ प्रस्तुत गरिएको छ ।
कैलु : सर्वप्रथम आजको यस ‘झर्रोेसवाल’ कार्यक्रममा सहभागी हुन हाम्रो कार्यालयको झर्रोे चौतारीमा भेला हुनुभएका सबै महानुभावहरूमा मेरो नमस्कार । म कैलुब्राह । तपाइँहरू सबैलाई स्वागत छ । (तरररर….ताली)
आजको यस ‘झर्रोेसवाल’ कार्यक्रममा हामीसँग हुनुुन्च सरकारका पर्धानमन्त्री श्री ४ कामरेड डेउडापति । र, यो कार्यक्रममा भेला हुन यो काठमाण्डु खाल्डोमा विभिन्न प्रकारका उपति लाउन भन्दै आउनुभएका तर आफ्नो कुनै उपति नभएका खाल्डोको धुँवा, धुलो, हिलो, फोहरको थुप्रोमा पुरिएर डुङडुङती सुगन्धित हुनुभएका सयौँ युवायुवतीहरू । (पुनः तरररर….ताली)
सर्वपर्थम ऊ पछाडिबाट हात उठाउनुभएका क्याप टोपीवालको प्रश्न लिन्छु म । के नाम तपैँको ? भन्नुस् त के सोध्न मन लाग्या छ ?
‘मेरो नाम झुसे ? मेरो प्रश्न तपाइँ कैलुब्राहलाई छ, तपाइँले हाम्रा पर्धानमन्त्रीलाई किन कामरेड भन्नुभो र उहाँलाई श्री ४ को पगरी किन लाउनु’भो ?’
कैलु : पर्धानमन्त्रीलाई पो सोध्नुपर्ने मलाई नै सोध्नु’भो । ठिकै छ । (हाहाहा…। तरररर…ताली) उहाँ मिस्टर सुप्रिमोको पालादेखि कम्निसहरूसँग तालमेल गरी सरकार चलाएको र चुनाउमा समेत हँससियाठोक्केमा भोट खसालेको हुनाले उहाँ कामरेड हुनुभएको हो । अब उहाँ र मिस्टर सुप्रिमोको पार्टी मिलेर समाजवाद ल्याउने भएकाले पनि उहाँ कामरेडमा बदलिनुभो । श्री ४ भनेको त उहाँ अहिले चौथो पटक प्र.म. भएकाले भनिएको हो ।
अब म ऊ त्यो दोस्रो लहरमा बस्ने दारीवालको प्रश्न लिन्चु । तपैँ सोध्न सक्नुहुन्च । के छ प्रश्न ?
‘मेरो नाउँ नै दारिवाल हो । तपैँ पर्धानमन्त्री भा’को फोटो झुण्ड्याऊ खेलमा सामेल हुन हो कि काम गर्न हो ? यदि काम गर्न हो भने तपैँलाई त उइल्यै राजा ज्ञानेन्द्रले काम गर्न नसकेको असक्षम भनेर लात्ताले बुङ्ङ हानेर फालिदिएकै हुन् त ?’
डेउडापति : ‘यस्तो प्रश्न गर्ने तपैँ चाइँ को नि भन्देखिलाई ? तपैँले बना’को पर्धानमन्त्री हुँ म ? भन्देखिलाई । मैले फोटो भुण्ड्याउँ कि जेसुकै गरुँ । तपैँलाई के मतलब भन्देखिलाई । मलाई तेत्रा सांसदले पर्धनमन्त्री बनाका हुन् भन्देखिलाई । सूर्यछाप मात्रै त हो मेरो बिरोधी । अरू त सबैले मलाई भोट हाल्या हुन् नि, भोट हाल्या हुन् भन्देखिलाई ? जाँसम्म कामको कुरा छ मैले मात्रै हो र यो देश बिगा¥या ? अरू पनि त पर्धानमन्त्री धेरै पटक भा’छन् नि भन्देखिलाई । तिन्ले के ग¥या छन् र ? मलाई मात्रै यस्तो प्रश्न गर्ने भन्देखिलाई ? तपैँ पक्कैपनि उखानेले कान फुकेर पठाको हुनपर्च मेरो बेइजत गर्न भनेर भन्देखिलाई । यत्ति हो मेरो जवाफ । जानुस् उता ।’
कैलु : हैन पर्धानमन्त्री ज्यु उहाँले त अहिलेसम्म जति पनि पर्धानमन्त्री भए सबैले फोटो झुण्ड्याएर मात्रै निस्के । काम गर्न त सकेनन् नि । त्यै भएर तपाइँको लक्ष्य के छ भनेर सोध्नु’भा हो ।
डेउडापति : मैले भनिहालेँ नि भनेर भन्देखिलाई । अरू पनि त पर्धानमन्त्री भा’छन् । तिन्ले के ग¥या छन् र ? मैले छुट्टै गरेर देखाउनु प¥यो भन्देखिलाई । के पर्धानमन्त्री नै न’भाको देश बनाउने हो र भन्देखिलाई ? कस्तो कुरा ग¥या तपैँले ।
कैलु : ऊ अन्तिम बेन्चमा बसेकी लाली पाउडर दलेकी दिदीको प्रश्न लिन्चु है त ।
‘हजुर म मङ्गली । म गिरहिणी हुँ । मेरो एउटा छोरो छ, चार कलासमा पढ्छ । त्यसले ‘मामु म ठूलो भए’सी पर्धानमन्त्री बन्चु है’ भन्च । अनि मैले किन बाबु भनेको त ‘चिल्लो गाडीमा चढ्न पाइन्च । पुलिस सेना अघिपछि लाएर कस्तो सानसित हिँड्न पाइन्च । सरकारी पैसामा मनपरी गर्न पाइन्च । विदेश घुम्न पाइन्च’ भन्यो । तपैँहरूले पर्धानमन्त्री भएर कस्तो थिती बसाल्नु’भो ?’ (तरररर…ताली)
डेउडापति : केटाले ठिकै त भन्यो भन्देखिलाई । म पनि साठी बर्स अघि तेत्रै बच्चा थिएँ, ऐले यी चार पटक पर्धानमन्त्री पट्काइहालेँ । त्यो बच्चा पर्धानमन्त्री हुनेबेलासम्म त ऐले भएका हाम्रो उमेरका जति सबै पर्टीका नेता मरिहाल्चम् । त्यसपछि तिनरुकै पालो आइहाल्च नि भन्देखिलाई । बरु ऐलेबाट चारतारे झण्डा बोक्न पठाउनूस् भन्देखिलाई ।
‘पर्धान मन्त्री ज्यू नमस्कार । मेरो नाम हरिलठ्ठक । अक्सफोर्ड, क्याम्ब्रिज विश्वविद्यालयमा पढेका पर्धानमन्त्री, राष्ट्रपति भएर कति ठूलो विकास ग¥या छन् हाम्रो देशमा नपढेका मान्छे पर्धानमन्त्री, मन्त्री भएर देश बिग्रियो । तपाइँको के भनाई छ ?’
डेउडापति : तपैँले के भन्न खोज्या हो भन्देखिलाई ? म नपढेको मान्छे हो ? डबल एम्मे ग¥या छु, विएल पास ¥या छु भन्देखिलाई । आफ्नो देशमा जस्तो स्कूल छ त्यसैमा पढ्ने त हो नि भन्देखिलाई । काँ’बाट अक्सफोड क्याम्ब्रिज ल्याउने त ह्याँ भन्देखिलाई । यस्तो प्रश्न गर्ने ? तपैँ फटा हो । नामै हरिलठ्ठक रैच । (तररर….ताली) मेरो बेजत गर्न खोज्या हो भन्देखिलाई ? ए कैलुब्राह छोड्नुस् यो कार्यक्रम । हटाउनुस् । सबले मलाई उल्टोपाल्टो प्रश्न सोध्ने भन्देखिलाई ? देशको यत्रो ठूलो पर्धानमन्त्री, त्यो पनि एकपटक होइन चारचार पटक पर्धानमन्त्री भएको मान्छेलाई जे पायो त्यै सोध्ने ? तपैँहरले ब’नाको हो र मलाई पर्धानमन्त्री । चुनाउ जितेर आको मान्छे हुँ म बुभ्mनुभो भन्देखिलाई । हटाउनुस् यस्ता कार्यक्रम सारेक्रम । मलाई गोष्टीमा भाषण गर्न जान ढिला’भो भन्देखिलाई । (तररर….ताली)
कैलु : ऊ अगाडि बस्नुभा’को धेरैले हात उठाउनुभा’छ । म एकजनाको मात्र प्रश्न लिन्चु । भन्नुस् त चस्मा लगा’को भाइ ।
‘मेरो नाउ जन्तरे । आफैले टाउकाको मोल तोकेका ‘आतङ्ककारी’सँग कसरी सत्तासाझेदारी गर्नुभो ? अझ चुनावमा त तालमेलै गर्नुभो । सरकारमा मन्त्री किन थप्न सक्नुभा छैन । कहिले र कति थप्नुहुन्च ? आगामी योजना के छ ?’
डेउडापति : राम्रो प्रश्न गर्नु’भो भन्देखिलाई । मैले पनि ह्वाँलाई आतङ्ककारी भनेकै हो, ह्वाँले पनि हाम्रा मान्छेलाई सुराकी भनेकै हो । मैले ह्वाँको टाउकाको मूल्य तेत्रो तोकेको भएर त विदेशी मित्रहरूले ओहो यो मान्छे त निकै मूल्यबान रैच, अब यसलाई जनयुद्ध रोक्न लाएर सरकारमा ल्याइदिनु परो भनेर सोचे नि भन्देखिलाई । मैले नतोक्या’भे के थाहा ऐलेसम्म मारकाट चलिरन्थ्यो कि बा भन्देखिलाई ? ऐले ह्वाँ पनि दुई पटक पर्धानमन्त्री पट्काउनु’भो, रामै्र त भो । के बिग्¥या छ र भन्देखिलाई ? अब त ह्वाँहरू पनि हाम्रै बाटोमा आउनु’भो नि । संसारले स्वागत ग¥या छ । ह्वाँले र हाम्ले एउटै संविधान मान्या छम् । व्यवस्था पनि एउटै मान्या छम् । चुनाउमा मिल्या कुरा त सूर्यछापले अति गरेर हो नि हाम्लाई नमिलि नहुने बनाइद्या हो । हाम्रो विचार पनि त एउटै भा’छ । ह्वाँ कम्निस हामी काङ्रेस । नाम मात्रै त हो फरक । हाम्रा विपि बाबुले पनि माक्र्सवाद मान्चु भन्नुभएकै हो । मेरो जोर त के छ भने हाम्रो मितेरी लामो समय लैजानु पर्च भन्ने छ । पार्टी एकतै गरे पनि क्यै फरक छैन भन्चु म त भन्देखिलाई । मन्त्री त छिटै थपिहाल्चम् । ऐले खास काम पनि त छैन भन्देखिलाई मन्त्रीको । खेतिपाती सक्योस् । पार्टीभित्र कति छन् कति सानासाना पार्टी । सबैलाई भाग पुग्दो बाँड्नु पर्च । ह्वाँको पार्टीभित्र पनि झगडै छ ।
कैलु : हस् सबैलाई कार्यक्रममा आइदिनु भएकोमा धन्यावाद । व्यस्त समयका बाबजुद पर्धानमन्त्रीज्यू आउनुभो, विशेष धन्यावाद । आजलाई यो ‘झर्रोसवाल’ कार्यक्रमबाट बिदा लिन्चु नमस्कार ।
२५ असार २०७४