
काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक आइतबार बिहान बस दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।
उक्त बस दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि दाङमा र सामान्य घाइते भएकाहरुलाई सल्यानकै श्रीनगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाङबाट रुकुम जाँदै गरेको सिस्ने हिमाल यातायातको ना ४ ख ५७५४ नम्बरको बस दुर्घटना भएको हो । सो बस सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको छ । विपरित दिशाबाट आइरहेको स्कारपियो गाडीलाई साइड दिने क्रममा बस दुर्घटना भएको प्रहरीले जानकारी दिए ।