एजेन्सी । विज्ञानको विकासले अब पिसाबबाट पनि विजुली निकाल्ने सम्भव हुँदैछ । ब्रिटेन स्थित ब्रिस्टल रोबोटिक्स ल्याबमा बैज्ञानिहरु अनुसन्धानमा जुटिरहेका छन् ।
बैज्ञानिकहरुले पिसाब अथवा फोहर पानीमा पाइने एक प्रकारको इलेक्ट्रो एक्टिभ सुक्ष्मजीवलाई सिलिण्डरमा जम्मा गरे । ती सुक्ष्मजीवबाट इलेक्ट्रोनहरु निर्माण हुन्छ । यसरी निर्माण भएको इलेक्ट्रोनको सहायताबाट विजुली उत्पादन गरिन्छ ।
बैज्ञानिकहरुले दुई लिटर पिसाबबाट ३० देखि ४० मिलीवाट विजुली उत्पादन हुने बताएका छन् । यसरी पिसाबबाट निकालिएको विजुली फोन चार्ज गर्न, बत्ति बाल्न प्रयोग गर्ने सकिने छ ।