संसारमा एउटै नाम भएका दुर्इ वटा स्थानका नाम हुन्छन् । भारतमा पन्जाब प्रान्त छ, पाकिस्तानमा पनि पञ्जाब छ । भारतमा सिन्ध प्रान्त छ, पाकिस्तानमा पनि छ। मलेसियामा पनि काम्पोङ गोर्खा भन्ने एउटा गोर्खाली स्वायत्त क्षेत्र छ। बर्मा मेचिनामा पनि गोर्खाली गाउँ छ, त्यस्तै नेपाली भाषा, साहित्य, कला हरेक क्षेत्रमा नेपाली भाषी दार्जिलिङगे गोर्खाहरुको अतुलनीय योगदान छ। उनीहरुको पहिचान पनि गोर्खाली हुनु नै हो । तर नेपाली नागरिक होइनन । दार्जीलिङबासी हरुले गोर्खाल्यान्ड माग्दा हाम्रो के टाउको दुखाइ ? जे गरून् न…
गोर्खा (Gurkha) राष्ट्रियता र गोर्खाली (Gorkhali) राष्ट्रियता बीच फरक
राष्ट्रियता (Nationality) र देशभक्ति (Patriotism) एउटै होइन । राष्ट्रियता भन्नु जातीयता हो । आफू जन्मेको देश प्रति असाध्यै माया गर्नु , त्यो देश को नागरिक हुनुमा गर्व गर्नु देशभक्ति हो । देशको सिमाना प्रायः स्थायी हुन्छ, राष्ट्रियताको सिमाना हुन्न । एउटै देश भित्र धेरै राष्ट्रियताहरू अटाउन सक्छन, त्यस्तै एउटा राष्ट्रियता धेरै देशहरूमा फैलन पनि सक्छ । कुनै देश एकल राष्ट्रिय राज्य हुन्छन् भने कुनै देश बहुल राष्ट्रिय राज्य हुन्छन् । नेपाल, भारत्, अमेरिका बहुल राष्ट्रिय/ बहुजातीय देश (Country) हो । जापान, कोरिया, युक्रेन, इरान आदी एकल राष्ट्रिय राज्य हुन । बहुल राष्ट्रिय राज्यले देश शब्द प्रयोग गर्छ भने एकल राष्ट्रिय राज्यले देश (Country) को सट्टा राष्ट्र (Nation) भन्ने शब्द पनि प्रयोग गर्छन् । जापान, कोरिया, युक्रेन, ईरान अादि राष्ट्र (Nation) हुन् । नेपाल, भारत, अमेरिका अादि भने देश (Country) हुन् । राष्ट्र(Nation) होईनन् ।
नेवार, मगर, तामाङ, गुरुङ, गोर्खाली, शेर्पा अादि राष्ट्रियता/जातियता (Nationality) सुचक शब्द हुन् । नेपाली, भारतीय, अमेरिकन अादी देशवासी सुचक शब्द हुन् । यसले सो देशका नागरिक हुन भन्ने जनाउँदछ । नेवार, मगर, तामाङ, गुरुङ, गोर्खाली, शेर्पा आदी विश्वको जुनसुकै देशमा बसे पनि नेवार, मगर, तामाङ, गुरुङ, गोर्खाली, शेर्पा नै हुन्छन् । कति राष्ट्रियता मर्छन् या मारिन्छन् त कति नयाँ राष्ट्रियताहरू जन्मन्छन् पनि ।
गोर्खाली (Gorkhali) राष्ट्रियता पृथ्वीनारायण शाहको देश गोर्खाबाट शुरु भयो भने गोर्खा (Gurkha) राष्ट्रियता व्रिटिश गोर्खा पल्टन वा रेजिमेण्टको स्थापनाबाट भयो । नेपालमा गोर्खाली राष्ट्रियतालाई नेपालीकरणको डोजर चलाएर “नेपाली राष्ट्रियता” मा बदल्ने ऐतिहासिक प्रयास पनि भयो जस अन्तर्गत अन्य राष्ट्रियताहरूलाई मार्ने काम पनि भयो । नेपालमा यो संघर्ष अझै जारी छ । “नेपाली राष्ट्रियता” का पक्षधरहरू नेपाल मा एक मात्र राष्ट्र छ भन्छन त कहिले नेपाली अनि नेवार, मगर, गुरुङ, तामाङ आदी भन्न रुचाउंछन् । नेपाल भित्र बहुल राष्ट्रियता छ भन्नेहरू “हामी नेवार, मगर्, गुरुङ, तामाङ आदी हौं, हामी नेपाली नागरिक हौं” भन्न रुचाउंछन् ।
गोर्खा रेजिमेन्ट वा सेनापछि गोर्खा नयाँ राष्ट्रियता बनेको हो । समान मनोविज्ञान, आर्थिक अवस्था (लाहुरे पेसा), सम्पर्क भाषा भएको गोर्खा राष्ट्रियता भयो । गोर्खा शब्दावली नेपाल भित्र भन्दा व्रिटेन र भारतमै बढि चल्यो । नेपालकै नागरिक होस् वा भारतिय नागरिक, जो पनि व्रिटिश लाहुरे भएपछि अाफुलाई गोर्खा भन्न रुचाउंछन् । दार्जिलिङ, सिक्किम, बर्मा अादिका खसभाषी समुदाय प्रायः गोर्खा रेजिमेण्टसंग सम्बन्धित छन् । त्यसैले उनीहरु अाफूलाई सगौरव गोर्खा भन्छन् । यो तिनिहरुको अधिकार हो । पहिला नेपाली हो भन भन्नु हुन्न । कोही नेवार युरोप बसाईं सर्यो भने उसले अाफुलाई नेवार भन्ने अधिकार गुमाउंदैनौ भने जस्तै हो यो ।
प्रसिद्ध गोर्खा सेना र गोर्खालि विस्तारवादवीच फरक
सुरुमा भारतको खस्मिर भन्ने ठाँउवाट आएको भाषा भएकोले खस भाषा भनियो, यो भाषा सिञ्जामा आएर सिञ्जाली भाषा भयो, पर्वतमा आए पछी पर्वतीय भाषा भयो, गोरखामा आएपछी र गोरखाली साम्राज्यको विस्तारपछि गोरखा भाषा भयो । गोरखा भाषा नै पछि गोर्खाली विस्तारवादले काठमाडौं उपत्यका जितेपछि या नेपाल मण्डल मा गोरखा भाषा आएपछी नेपाली भाषा भनियो । नेवारहरुको नेपाल भाषा लाई जवर्जस्ती नेवारी भन्न लगाइयो । गोरखापत्र भनेकै खस नेपाली भाषाको पत्रीका भन्न खोजेको हो । यो गोर्खा भाषा र गोर्खालि साम्राज्यलाई नै गोर्खालीको इतिहास या गौरब भन्नेहरु नि छन् ।
अर्को, गोर्खा को एेतिहासिकता भनेको, गोर्खा सेनाको कुरा हो । नेपालका राणा वा शाह शासक हरूले बृतिश साम्राज्यको सेवा को लागी करौडौं रकम लिएर निर्दोष जनाताअलाई बेचेर बृतिश साम्राज्य रक्षा र विस्तार को लागी युद्धमैदान रूपी नर्कमा पठाए, । शासकहरुले नेपाली नभनी गोर्खा भन्न लगाए या नाम दिए । यो शासकको कमजोरी या आफ्नो पुर्ख्यौली ठाउँ प्रतिको आशक्ती या त्यो बेला सम्म खुलेर नेपाली भन्न नसकेको प्रमाण हो । युध्दमा गएका सेनाले अाफ्नो रगतपसिना बगाएर गोर्खाको नाम राखे, रगतले ईतिहास रचे, र म गोर्खा हुँ, गोर्खाको गौरवपूर्ण ईतिहास र पहिचान छ भन्ने सम्म पुर्याए । गोर्खाल्यान्ड को माग यही हो । म गोर्खा हुँ, गौरवपूर्ण ईतिहासको पहिचान सहित बाँच्न मैले बाँच्न पाउनु पर्छ भन्दा पहिला नेपाली हो भन भन्नु विस्तारवादी बन्नु हो ।
अर्को, दार्जिलिङ, सिक्किम लगायत मेचीपारीदेखि उता टिस्टासम्मको भूभाग गोर्खाली विस्तार्वादले बलपूर्वक गाभेको हो । पहिला देखि गोर्खा राष्ट्र मातहतको भूभाग होइन । दार्जिलिङ छुटै स्थानीय जनजातिको राज्य थियो । गोर्खाका शाह राजाले भूभाग हडपेका थिए । गोर्खालीले त्यहाँ केही दशक शासन गर्योज आफ्नो भाषा, सँस्कृती जवरजस्ती लादयो ।
केही दशक साम्राज्य या उपनिवेश या शासन चलायो भन्दैमा आफ्नो देश भन्ने हो भने बेलायातले भारत लागायत कति वटा देश आफ्नो भन्नु पर्ने होला ? यसले राष्ट्रियता भनेको भुगोल मात्र हो त्यहाँ का जनाता केही होइन । हारेका जनताले आफ्नो भाषा, संस्कृती छोडी बिजेताकै भाषा, संस्कृती जबर्जस्ती अंगाल्नु पर्छ भन्ने सामन्ती र आन्याय पुर्ण विचार लाई मात्र प्रश्रय दिन्छ । जुन गलत छ । अर्को, राष्ट्रियताको लागी धेरै आयाम चाहिन्छ । आर्थिक आत्मनिर्भर भएन भने पनि राष्ट्रियता कमजोर हुन्छ । हामी गरीब नेपाली हुन्न चाहन्न भन्नुको पछडी यही कारण लुकेको छ ।