पाँच दिने मगर भाषा तथा लिपी सम्बन्धि प्रशिक्षण सुरु

पाँच दिने मगर भाषा तथा लिपी सम्बन्धि प्रशिक्षण सुरु

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्कमा पाँच दिने मगर भाषा तथा लिपी सम्बन्धी प्रशिक्षण शुरु भएको छ ।

नेपाल मगर संघ बुटवल उपमहानगरपालिका वडा नं ३ को आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रशिक्षण शुरु भएको हो ।

प्रशिक्षणको एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिका अधिकृत दामोदर ज्ञवालीले उद्घाटन गदैं भाषा, संस्कृति संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समितिका अध्यक्ष गोपाल चौहान, बुटवल –३ वडा कार्यालका सचिव बिरबहादुर थापा,संघकी उपाध्यक्ष श्यामकला सतुङगी लगायतले बोलेका थिए ।

कार्यक्रम संघका अध्यक्ष दिलबहादुर खाम्चाको अध्यक्षता र सचिव मिनबहादुर सोमैको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । असार २४ गते सम्म सञ्चालन हुंने प्रशिक्षणमा नारायणी गाहाले सहजीकरण गर्नेछन् ।

प्रशिक्षणमा ७५ जनाको सहभागिता रहेको संघले जनाएको छ ।