काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–९ स्थित पार्साखोलामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । हिजो राती देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नम्बरको जिप कच्ची बाटोमा पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
घाइतेहरुमा मेलौली–५ का ३५ वर्षका शेर चन्द र ६५ वर्षकी भागिरथी चन्द, पञ्चेश्वर–५ का ३६ वर्षकी कलावती चन्द, २१ वर्षका प्रकाश भण्डारी र १५ वर्षका कमलेश महतर, त्यस्तै पञ्चेश्वर–६ का ८३ वर्षका श्रीकृष्ण भण्डारी, १६ वर्षका नरेश भट्ट रहेका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरी श्रोतले बताएको छ ।