गोहीसँग मेयरको बिहे !

प्रकाशित मिति : २०७४ असार २१

एजेन्सी । मेक्सिको शहरमा मेयरको बिहे आजभोली चर्चामा छ । बिहे सामान्य महिलासँग नभई जन्तुसँग भएकोले चर्चा भइरहेको हो ।

मेक्सिकोको सेन पेड्रो हुआमेलुलाको मेयर विक्टर एगुइलरले गोहीलाई दुलहीकै भेषभुषामा तयार पारी बिहे गरेका छन् ।
दुलहीलाई जस्तै गोहीलाई पनि सेतो गाउन र टाउकोमा फूलको गुच्छाले सजाएको थियो ।  बाजागाजा र जन्ति सहित भएको बिहे भब्य भोजको आयोजना गरिएको थियो जसमा सयौं अतिथिहरु सहभागी भएका थिए ।

यो बिहे कुनै मायाप्रितिको कारणले भएको चाँही होइन । त्यहाँको चलन, विश्वासको कारणले यस्तो विहे भएको हो । यदि गोहीसँग विवाह गरियो भने समुन्द्रमा माछा लगायत समुन्द्री जीवजन्तुको संख्यामा अत्याधिक बृद्धि हुन्छ । यसबाट त्यहाँको प्रमुख व्यवसाय माछा व्यवसायमा धेरै फाइदा हुने विश्वास मानिसहरुको छ ।