काठमाडौं, असार १४ । मोवाइल सेवा प्रदायक एनसेलले आफ्ना प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताले हरेक दिन आकर्षक उपहार प्राप्त गर्ने भएका छन् ।
एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहार पाउनेछन् ।
यो अफर यहि असार १४ (बुधबार) देखि लागु भएको छ । एस्ट्रिक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रेजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्ने एनलसेलले जनाएको छ ।
यो योजनामा सहभागिता जनाए पछि विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।
आकर्षक उपहार अन्र्तगत प्रयोगकर्ताले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्ये कुनै एक हरेक दिन प्राप्त गर्ने छन् । यसरी प्राप्त उपहार त्यसै दिन अर्थात राति १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ ।