रुपन्देही, १४ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ को मतदान असार १६ गते हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमका जानकारी अनुसार उम्मेदवारको निधन भएपछि सो मतदान सारिएको हो ।

नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा मनोनयन दर्ता गराउनुभएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ ।

जिल्लामा चार लाख ६२ हजार मतदाता रहेका छन् भने उम्मेदवार चार हजार ४२४ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर