रोल्पा । रोल्पाको धवाङ स्थित भनभने मतदान केन्द्रको एउटा बुथमा आगजनी भएको छ ।

मतपेटीका भित्र एसिड हालीदिएको कारण आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

आगो लागेको कारण मतदान स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले बताएका छन् ।

एसिड हाल्ने व्यक्तिको खोजी तथा घटनाको थप जाँचबुझ भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

उक्त केन्द्रमा १५०को हाराहारीमा मतदान भइसकेको थियो । घटनापछि राजनैतिक दलका प्रतिनिधीहरुले खसेका मत बदर गरेर पुनः मतदान सुचारु गरिनु पर्ने माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर