काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले एक शोक वक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सल्लाहाकार टंक प्रसाइँ प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
सल्लाहकार प्रसाइँको ६० वर्षको उमेरमा असार १२ गते दुःखद निधन भएको थियो । नेता प्रसाइँ केही समय अगाडिदेखि अस्वस्थ थिए ।
क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष किरणले सल्लाहाकार प्रसाईको निधन प्रति दुःख ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सर्लाही निवासी प्रसाइँ वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलन हुँदै तत्कालिन संयुक्त चौथो महाधिवेशनदेखि नै आन्दोलनमा क्रियाशिल थिए ।
उनका एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।



























