झर्रोटर्रो : खोलो फक्र्यो

झर्रोटर्रो : खोलो फक्र्यो

बाह« बर्समा त खोलो पनि फर्कन्छ भन्थे उहिलेका बुढापाकाहरू । नेपाल मण्डलमा ठ्याक्कै बाह« बर्समा साँच्चिकै खोलो फर्कियो । त्यो पनि बाह« बर्स अघि जुन खोलाले आफ्नो खेत सखाप पार्ने गरी खेतबाट बगेको थियो, अहिले त्यहि खेतको मालिकले आफै बाँध बनेर आफ्नै खेततिर खोलो फर्कायो । खेत फाटेर धाँजाधाँजा परेको छ । फाटेको खेतको ठूलो भागमा खोलो पसायो । खेत मालिकको वुद्धिमा विर्को लागेर उँधो मति लागेपछि यस्तो विचित्रको खेल पनि हेर्नु पर्दो रहेछ जिन्दगानीमा ।

कुरो हो नेपाल मण्डलको सत्ता राजनीतिको । गोलघेरे दलका मिस्टर सुप्रिमोले प्रधानमन्त्रीको पद त्यागेर चारतारे दलका कामरेड डेउडापतिलाई पगरी गुथाइदिए । मिस्टर सुप्रिमोको यो कदमलाई नेपाल मण्डलका बडे वुद्धिजीवीहरूले परिपक्क कदम भनेर विश्लेषण गरे । यो नेपाल मण्डलका वुद्धिजीवीहरू पनि जता शक्ति उतै वुद्धि लगाउने खालका पो छन् त । अझ आपूmलाई घागडान वुद्धिजीवी भनेर ढुकुरे छाती फुलाउँछन् ।

नेपाल कमाउ पार्टी माके अर्थात् मारवाडीकेन्द्रका मिस्टर सुप्रिमो पहिलोचोटी प्रधानमन्त्री हुँदा केटाकेटी र अपरिपक्क थिए रे अहिले परिपक्क भए रे । खासमा कुरा त्यस्तो थिएन । बरू कुरा के थियो भने त्यतिवेला मिस्टर सुप्रिमो दोहोरो चेपुवामा थिए । अहिले लगाम फुकेको घोडा भएका छन् । पहिला अपरिपक्क र अहिले परिपक्क त हुँदै होइनन् । परिपक्क त यिनी पहिला नै थिए । परिपक्क भएरै यिनले जनयुद्धलाई टुकुचामा सेलाएर लोकतन्त्रको बैतरणी तर्न गोरखाली डाक्टरसावको पुच्छर समाएका हुन् । पहिलोचोटी प्रधानमन्त्रीको पगरी गुथ्दा यिनका गुरु वैद्य साथमै थिए । भरखर जनयुद्धबाट आएको आगोको मुस्लो यिनका वरिपरि थियो । दायाँबायाँ हिँड्न खोज्यो कि आगोले पोल्न खोज्थ्यो । आगो छ अरब मूल्यको दमकलले निभाएर खरानी समेत बगाएर नाङ्गो जमिन पारिएको छ । वैद्यले यिनलाई जडिबुटि ख्वाउन छोडेर चार बर्स पहिला नै आफ्नो बाटो लागे । डाक्टरले पनि यिनलाई बैतरणी तराएर किनारा लगाएपछि डेउडापतिहरूको घरतिर हुलिदिएर आपूmले कुकुरले हाड छोडेझैँ छोडेर हिँडे । अब मिस्टर सुप्रिमो फुक्काफाल भएका छन् । फुक्काफाल भएपछि जता हिँडे पनि र जसो गरे पनि भयो । यिनलाई लगाम लगाउने कोही छैन । यिनको दलमा भएका जति सबै यिनका हनुमान छन् । तिनलाई यिनको भजन गाउन ठिक्क छ ।

मिस्टर सुप्रिमोलाई वास्तवमा सबैले पूजा गर्नु पर्ने हो । माकुनेदेखि, झल्लुप्रसाद, गोरखाली डाक्टर, मिस्टर खिलप्रसाद, उखानप्रसाद र कामरेड डेउडापति यी सबैले मिस्टर सुप्रिमोलाई भगवान मानेर पूज्नुपर्ने हो । सबैले यिनकै बरदान पाएर प्रमको पद पाएका हुन् । बरदान मात्रै होइन बोकेरै पदमा पु¥याएका हुन् । तर सबैले यिनकै खोइरो पो खन्छन् । कस्ता असत्ती । जुन थालमा खायो त्यही थालमा हगेर पो हिँड्छन् बा । वास्तवमा मिस्टर सुप्रिमोले लोकतन्त्रमा आउने आँट नगरेको भए यी मनुवाहरू कसैले पनि प्रम हुने अबसर सात जुनीसम्म पनि पाउने थिएनन् । यो कुरा पक्का हो । अहिले फर्किएको खोलो पनि मिस्टर सुप्रिमोकै बरदान हो । कति अभागी रैछन मिस्टर सुप्रिमो । जस्लाई बोकेर हिँड्यो त्यसैले टाउकामा बदददद छेरिदिन्छ र कुरूप अनुहार पारिदिन्छ । त्यही भएर पनि अस्ती संसदमा निकै रिसाएका थिए सुप्रिमो ।
यसपाली सत्ताको खोलो फर्कियो । बाह« बर्स पहिला नारानहिटीका बाबुसाबले लात्ताले ब्वाङ्ग हिर्काएर यी डेउडापति बाबुसाबलाई रक्षानमा मिल्काइदिएका थिए । त्यसपछि रन्थनिएका डेउडापति गिरिजापतिको दलतिर शरण परे । पालो पर्खंदा पर्खंदा अहिले आएर बल्ल खोलो फर्काउन सफल भए । मिस्टर सुप्रिमोले ‘लोकतन्त्रलाई सैद्धान्तिक प्रतिवद्धताका साथ निष्ठापूर्वक’ समाएर नआएको भए यो खोलो फर्कने थिएन । यतिबेला कि त नारानहिटीका बाबुसाब झनै ठूला शेर बनेर बसेका हुन्थे कि त वैद्यको आयुर्वेद्ध अनुसारको शाषन सत्ता चलेको हुन्थ्यो ।

खोलो फर्केर सत्तासिन भएपछि झर्रोटर्रोलाई अन्तरवार्ता लिनु परो भनेर यो कैलुब्राह सिँहदरबार छि¥यो । कामरेड डेउडापतिकै कार्यकक्षमा पुग्दा उनी खादा र २१ किलोको मालाले विभुषित भएर विराजमान थिए । अनि मैले पनि एउटा खादा भिराएर बधाई दिएँ र ‘बाह« बर्समा खोलो फर्कंदा तपाइँलाई कस्तो अनुभूति भएको छ’ भनि प्रश्न सोधेँ । उनले भने – ‘हेर्नुस् पत्रकार ज्यु ! मलाई त हुनैसम्मको खुसी भो नि भनेर भन्नलाई । मिस्टर सुप्रिमोसँग मितेरी नगाँस्या भए त बर्बाद थ्यो नि भनेर भन्नलाई । हुनसम्म भो नि हुनसम्म । अब के कुरा गर्ने । बरू अलिकता ढिला भो भनेर भन्नलाई ।’ अनि मैले ‘तपाईले त सुप्रिमोको टाउकोलाई पचास लाख तोक्नुभाथ्यो अहिले कसरी मितेरी गाँसियो’ भनेर सोध्दा उनले भने –‘तोकेकै हो नि भनेर भन्नलाई । त्यो बेला त्यस्तै थ्यो नि, के गर्ने त भनेर भन्नलाई । उहाँले पनि त हामीलाई शत्रु भनेर लड्या हो नि, अहिले हाम्रै ठाउँमा आइपुग्नुभो त । शरण परेकालाई मरण दिनु त भएन नि भनेर भन्नलाई । कि कसो भन्नुस् त ?’ ‘अहिलेको चुनावमा त तपाइँहरू मिलेर सूर्यछापसँग लड्नुभो कसरी काङ र बामको मिलती भयो अलिकता रहस्य बताइदिनुस् न’ भनेर जिज्ञासा राखेँ । उनले भने – ‘धत्तेरिका के कुरा गरेको भन्या तपाइँ पनि ? अब काङ बाम भन्ने क्यै छैन क्या भनेर भन्नलाई । संविधानमा सबै समाजवादमा जाने भनिसक्या छौँ । हामी दुवैको वर्ग एउटै भयो भन्या । कस्तो कुरा नबुभ्mया तपाइँहरू । देख्नु भएन चुनाउमा मैले हँसिया ठोक्केमा भोट हाल भनेर मेरा कार्यकर्तालाई भनिसकेँ, सुप्रिमोले रुखमा छाप लगाऊ भनेर आफ्ना रैतिहरूलाई आदेश भर्नु भो नि । मैले लालसलाम भनेँ उहाँले जयनेपाल भन्नुभो भनेर भन्नलाई । देख्नु भएन ? अब म कामरेड भएँ उहाँ मिस्टर हुनुभो भनेर भन्नलाई । अब हाम्रो वर्गको पर्खाल बर्लिनको पर्खाल भत्केझैँ भत्किसक्यो । हाम्रो बाटो एउटै हो । मैले त हाम्रो पिरती दीर्घकालसम्म लैजानु पर्छ भनिसक्या छु भनेर भन्नलाई ।’ अन्त्यमा डेउडा गीत गाए र सबैलाई नचाए ।

खोलो फक्र्यो बाह« बर्से उठ्नेबेला भैगयो,
अब लडाइँ सक्यो हाम्रो जुट्नेबेला भैगयो ।
काङबाम मिल्दा खोलो फक्र्यो उठ्नेबेला भैगयो,
भयो चमत्कार यहाँ लुट्नेबेला आइगयो ।
२६ जेठ २०७४

kailubraha73@gmail.com