इटहरी । क्रान्तिकारी युवा लिग सुनसरीको दोश्रो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सुनसरीको ईटहरीमा भएको सम्मेलनले पदम तामाङ्गको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको सचिवमा अनिल राई र सदस्यहरुमा धर्म उराउ, ईश्राफिल मिया, सान्तोष ठाकुर, शिवराम चौधरी, राम वहादुर राई, विजय कट्वाल, सन्तोष वास्तोला, वावुराम कार्की, मनोज शाह, राजीव चौधरी, शुक्रराज विक, रमेश परियार, शुक्रराज तामाङ्ग, अनन्तराम चौधरी, सरोज राई, मलसर्दिन मिया, अलि मिया, प्रम रिसिदेव, दिपेन्द्र रिसिदेव, विरेन्द्र थानेदार, शिव उराव, संगिता राई लगायत चयन भएका छन् ।
पदम तामाङ्गको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यता रहेको थियो । उक्त सम्मेलनमा पार्टीका केन्द्रीय सदस्यहरु केदार गुरागाई, मनोज श्रेष्ठ, सिताराम वुढाथोकी, गणेश कट्वाल लगायत नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम पेमा लामाले संचालन गरेका थिए ।
सम्मेलनपूर्व हज्जारौको संख्यामा उपस्थित युवा तथा समुदायले ईटहरी बजार समेत परिक्रमा गरेको थिए ।