काठमाडौं, जेठ ३–काभ्रेको नमोबुद्धमा बैशाख ३१ गतेको चुनावको अघिल्लो रात सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका २८ बर्षीय नवराज पाठकको मंगलबार अन्त्येष्टि गरिएको छ ।
उक्त घटना पछि गृह मन्त्रालयले पाठकलाई सहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेपछि मात्र मंगलबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।
सरकारले घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने निर्णय समेत गरिसकेको छ ।
अन्त्येष्टि कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिका साथै सर्वसाधारणको सहभागिता रहेको सञ्चारकर्मी जयराम सिग्देलले जानकारी दिए । मृतक पाठकको एक छोरा र श्रीमती रहेका छन् ।































