प्रतिक्रियावादी र सबैखाले संशोधनवादीहरु प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गतका चुनावलाई रणनैतिक उपयोगकोरुपमा लिन्छन् र त्यसलाई जीवन मरणको बिषय ठान्छन । अराजकतावादी र बहिस्कारवादीहरु त्यसलाई रणनैतिक बहिस्कारको रुपमा लिन्छन र उनीहरु प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गतका चुनावहरु सधै बहिस्कार गर्नुपर्ने तर्क गछन् । तर क्रान्तिकारीहरु त्यसप्रकारको चुनावलाई सामान्य कार्यनैतिक बिषय ठान्दै क्रान्तिको हितमा उपयोग या बहिस्कार गर्दछन । मुलुकमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएकोछ र त्यसका परिणामहरु धमाधम सार्वजनिक भैरहेकाछ्न । यो चुनावलाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (देजमो)ले पनि क्रान्तिकारी उपयोग गरेको कारण निर्वाचन परिणाम संग जोडेर बिबिध कोण बाट देजमोको बारेमा टिकाटिप्पणी र बहश छलफल चलेको पाइन्छ । चुनावका परिणाम दुई प्रकारका हुन्छन एक स् बाहिरी परिणाम , दुई, भित्री परिणाम । मत संख्या कति रह्यो ? कसले जित्यो ? कसले हा(यो ? यो बाहिरी परिणाम हो। अक्सर प्रतिक्रियावादी र संशोधनवादीहरु यसमै केन्द्रित हुन्छन । तर यसप्रति क्रान्तिकारीहरु खासै चासो राख्दैनन् । चुनावको उपयोग मार्फत जनसंगठन निर्माण र विस्तारका काम कति भए ? क्रान्तिकारी बिचारको सम्प्रेशन र जनसम्बन्ध बिस्तारका काम के भए ? सारमा क्रान्तिका कार्यहरु कति भए ? यो भित्रि परिणाम हो यसलाई प्रतिक्रियावादी र संशोधनवादीहरु देख्दैनन, तर क्रान्तिकारीहरुको मुख्य चासो र चिन्ता यहि निर रहन्छ ।
क्रान्तिले धक्का खाएको, क्रान्तिको निम्ति आत्मागत अवस्था कम्जोर भएको र क्रान्तिको उटारको अवस्थामा क्रान्तिकारीहरुले प्रतिक्रियावादी व्यवस्था अन्तर्गतका चुनावहरु क्रान्तिको निम्ति अधार निर्माण गर्न र क्रान्तिको उभारको बातावरण सिर्जनाको निम्ति उपयोग गर्दछन , मरिहत्तेगरि जित्नको निम्ति होईन । जनता संग पानि र माछिको सम्बन्ध राख्नु क्रान्तिकारीको पहिलो प्राथमिकताको बिषय हो । क्रान्तिको अनुकुल अवस्थामा प्रतिक्रियावादी चुनावी भ्रमबात मुक्त गर्दै क्रान्तिको मार्ग्तिर जनतालाई दो(याउदै उनीहरुको नेत्रित्वगर्दै क्रान्तिको मार्गमा अग्रगति दीइरह्नु क्रान्तिकारीहरुको दाईत्व हो । त्यस्तै क्रान्तिको प्रतिकुल अवस्थामा कहिलेकाही जनताको चाहनाको सम्मान गर्दै जनताले दोहो(याएको ठाउमा जनता संगसंगै र अघिपछि हिड्नु पनि क्रान्तिकारीहरुको कर्तब्य हो । जनता चुनावमा गएको बेला जनता देखि अलग्गियर होईन जनतासंग संगै गएर चुनावकै माध्यम बाट आफ्ना कुराहरु जनतामा लैजान र संगठन निर्माण र बिस्तार गर्दै क्रान्तिको अनुकुल बातावरण सिर्जना गर्नका निम्ति क्रान्तिकारीहरु चुनावमा जान्छन । चुनावमा क्रान्तिकारीलाई मत बढी आयो उसले चुनाव जित्यो तर संगठन निर्माण गर्ने , जनतामा क्रान्तिकारी बिचार सम्प्रेशन गर्ने तथा क्रान्तिको आधार निर्माण गर्ने काम भएनभने त्यो जित को कुनै अर्थ हुदैन त्यो जित स् जितभित्रको हार हो । त्यस्तै मत गणनाको आधारमा क्रान्तिकारीले चुनाव हा(यो तर उसले चुनावको माध्यम बाट संगठन निर्माण र बिस्तार ग¥यो, क्रान्तिकारी बिचार जनतामा सम्प्रेशन ग(यो र क्रान्तिको आधार निर्माण ग(यो भने त्यो नै क्रान्तिकारीको वास्तविक जित हो ।
प्रतिक्रियावादी अवसरवादीहरु चुनाव जित्नकै निम्ति अनेक गर्छन बास्तवमा त्यसलाई नै चुनावको प्रतिगामी र अवसरवादी उपयोग भनिन्छ । क्रान्तिकारीहरु चुनाव जित्नका निम्ति कसै संग क्रान्तिकारी सिद्दान्त , मूल्य र मान्यताको सम्झौता गर्दैनन् वास्तबमा क्रान्तिकारी उपयोग शब्दको सार यहि हो । प्रतिक्रियावादी,अवसरवादीहरुले यो स्थानीय तहको चुनावमा आ(आफ्ना असली अनुहार राम्रैसंग प्रदर्शन गरे। चुनाव जित्नकै निम्ति प्रचण्डले जीवनमै पहिलोपटक जयनेपालको नारा लगाउदै रुखमा छाप हाने , चुनाव जित्नकै निम्ति ईतिहासमा पहिलो पटक रुख र हसिया हथौडा ,सुर्य र गाईका साथै जहा जो संग मिल्दा जित्न सकिन्छ त्यहाँ त्यहि संग तालमेल गर्ने लगायत अन्य कैयौ अपवित्र गठबन्धन भए । तर देजमो त्यसप्रकारको फोहोरी खेल देखि धेरै माथि बस्यो । देजमोले सार्वजनिकरुपमै घोषणा गर्दै राप्रपा,कांग्रेश,एमाले र माके जस्ता प्रतिगामी पुनरुत्थानवादी , प्रतिक्रियावादी र प्रतिकृयावादन्मुख पार्टीहरुसंग कुनैपनिहालतमा चुनावी तालमेल नगर्ने बरु तिनको प्रतिगामी , प्रतिक्रियावादी , अवसरवादी तथा भ्रस्ट र दलाली नीतिको भण्डाफोर गर्ने नीति अख्तियार ग(यो । यसका वावजुद विभिन्न कोणवाट चुनावी तालमेलका निम्ति देजमोलाई कैयौ प्रस्तावहरु आय तर उसले त्यस्ता प्रस्तावहरुको अस्वीकार ग(यो यो नै देजमोको राजनैतिक जित हो । तसर्थ देजमोले यो चुनावमा कति मत ल्यायो,ल्यायन ? कति सिट जित्यो ,जितेन ? क्रान्तिकारीहरुका निम्ति यो चासो र चिन्ताको बिषय होईन । किनकी देजमोले धेरै या थोरै मत ल्याएको तथा धेरै या थोरै सिट जितेको आधारमा नेपालि क्रान्तिको भबिस्य सुनिस्चित हुदैन। बरु देजमोले चुनाव उपयोगको कार्यनीति अपनाउदा जनता संगको उस्को सम्बन्ध कट्यो या बढ्यो ? जनसम्बन्ध बिस्तार भयो या भएन ? जनसंगठनहरु निर्माण भए या भएनन् ? प्रतिक्रियावादी,अवसरवादी तथा देश घाती, जनघाती दलालहरुको भण्डाफोर भयो या भएन ? यी बिषयले नेपालि क्रान्तिको भाग्य र भबिस्य संग सम्बन्ध राख्ने भयकोहुदा क्रान्तिकारीहरुको निम्ति यी चासोका बिषयहरु हुन् ।
अवस्य ,स्थानीय तहको निर्वाचनको क्रममा देजमो आफ्नो स्थापना पछि योजनाबद्ध ढंगले पहिलो पटक गाउँ, शहरको टोल टोल र जनताको घर घरमा पुग्यो । देजमोका नेता ,कार्यकर्ताहरुले कैयौ दिन गाउघर पखेरी र उकाली ओराली जनता संगै गरे, आटो, ढेडो जनता संगै खाए । उनीहरुले जनताका समस्या र गुनासा सुनें, जनतालाई देजमोको उदेस्य , नीति र कार्यक्रम बारे सुनाए, देश र जनताको समस्या समाधानका बास्तबिक बाटो सिकाए। जनता संग मिलेर जनताकै सहभागितामा कैयौ जनसंगठनहरु निर्माण गरीय । यसर्थमा स्थानीय तहको चुनावलाई क्रान्तिकारी उपयोग गर्दै त्यसको माध्यम बाट बढी से बढी जनतामा पुग्ने र जनसम्बन्ध बिस्तार गर्दै जनसंगठनहरु निर्माण गरेर नेपालको नयाजनवादी क्रान्तिको आधार तयार गर्ने देजमोको लक्षमा सकारात्मक सुभारम्भ भएकाछन । त्यसकारण स्थानीय तहको निर्वाचन २०७४ को भित्रि परिणाममा देजमो, नेपालले बिजय हासिल गरेकोछ, क्रान्तिको निम्ति जनाधार निर्माण गरेकोछ यस्मा कुनै शंका छैन ।