एजेन्सी । भारतको राजस्थानको भरतपुर जिल्लामा एक विवाह समारोह चलिरहेका बेला हलको पर्खाल ढल्दा २४ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।

भरतपुर जिल्लामा बुधबार भिषण आँधीबाट बच्नका लागि मानिसहरु सो भवन नजिक जम्मा भएका बेला सो घटना भएको हो ।

पर्खाल ढलेर सम्पूर्ण संरचना नै ढलेपछि मानिसहरु त्यसैमा पुरिएका थिए । मुख्यमन्त्री वसुन्धरा राजे सिंधियाले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार गर्न निर्देशन दिएका छन् ।

एसपी अनिल टांकले मृतकमध्ये ७ जना महिला र चार जना बच्चा समेत रहेको जनाएका छन् । उनका अनुसार पर्खाल करिब ९० फुट लामो र १२ फुट उचाईको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर