विश्वभर कार्लमाक्र्सको २ सयौं जन्म सन्दर्भ मनाईरहँदा नेपालका ठूलो भनिएका बामपार्टीहरु भने ओरालो लाग्दैछन् । उनीहरुका गैर–कम्युनिष्ट क्रियाकलापले प्रश्रय पाउ“दै गएपछि माक्र्सवादका शुभचिन्तक र समर्थकहरुमा अन्यौलता उब्जिएको छ ।
स्थानीय निकाय निर्वाचनको तिथिमिति जतिजति नजिकिंदै छ, त्यतित्यति घटनाहरु उल्टो दिशातर्फ मोडिदै छन् । हरेक वडा, नगर वा गाउ“पालिकाहरुमा राजनैतिक दलहरु घरदैलो वा कोणसभा र ¥यालीतिर केन्द्रित छन् । तिहारका दिनहरुमा भैलो वा देउसी खेल्न आउने टोली जस्तै भोट माग्नेहरुको टोली घर घर धाउ“दो छ । के सा“च्चै यी दलहरु आफ्नो घोषणा या प्रतिबद्धता पत्रमा कबुल गरेका मुद्दामा केन्द्रित हुन्छन् त ? या कमाउ धन्दामा लाग्छन् । यसबारे केही छलफल गर्नु जरुरी छ ।
पहिलो कुरा स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने पार्टी कार्यकर्ताबीचको लुछाचु“डी छिनाझम्टी र उम्मेदवार बन्न नसक्नेका पीडा या आक्रोश पनि सतहमा आउन थालका छन् । पैसाको दम्भ वा नेताज्यूहरुको ज्यू हजुरी र चम्चागिरीका आधारमा टिकट पाउने कार्यकता मख्ख र फुरुङ्ग छन् भने त्याग, निष्ठा र इमान बोकेका कार्यकर्ता फ्याकिएका छन् । यस्तो खालको स्थिति अमूक दलको मात्र होइन, ठूला भनिएका चारवटै दलभित्रको अवस्था हो ।
विकास निर्माणमा विशेष महत्व राख्ने र संघीय संरचना अनुरुप गठन गरिएका निकाय सञ्चालन गर्ने, जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने बा“चा बा“धेका दलहरुको अपवित्र गठबन्धनको चरित्र देखेर जनताहरु विकल्प खोज्न बाध्य बन्दैछन् ।
अहिले सतहमा आएका दलिय गठबन्धन बारे अलिकति विवेचना गर्नुपर्ने देखिन्छ । सिंहदरबारमा माओवादी केन्द्र र नेपाली का“ग्रेसको संयुक्त सरकार छ । विचार, चेतना र सिद्धान्तका हिसाबले यी दुई शक्ति फरक ध्रुवका हुन् । माओवादी केन्द्र आफू मालेमालाई पथप्रदर्शक सिद्धान्त मान्छ र आफ्नो दस्ताबेजहरुमा का“ग्रेसलाई मुख्य दुश्मन भन्छ भने का“ग्रेस आफूलाई सच्चा प्रजातन्त्रवादी र माओवादी केन्द्रलाई प्रजातन्त्र विरोधी उग्रपन्थी मान्छ । हिजोको जनयुद्ध कालमा टाउकाको मूल्य तोक्ने र तोकिने बीचको गठबन्धन आफैमा अर्को आश्चार्य हो । अब यस्तै खाले गठबन्धन स्थानीय निर्वाचनमा पनि देखिन थालेको छ । यस्तो गठबन्धनले जनतामा मेलमिलाप होइन अन्तरविरोध बढ्ने सम्भावना बलियो हुन्छ । विकास निर्माणका लागि सैद्धान्तिक मान्यता प्रमुख विषय हो । तर यस विषयलाई गौण मानेर पद र प्रतिष्ठालाई प्रधान मानिदो छ । का“ग्रेस माओवादी बीचको चुनाबी तालमेल वा गठबन्धन प्रचण्डको बाध्यता हो । किनभने प्रचण्डहरु मालेमावाद वा विचारवाट पूर्णरुपमा स्खलन भइसकेका छन् । जब सिद्धान्तमा विचलन आउ“छ, तब व्यक्ति वा संगठनले अर्को शक्तिस“ग आत्मसमर्पण गर्न बाध्य हुन्छ । प्रचण्डमा देखिएको प्रवृत्ति त्यही हो । अब प्रचण्डस“ग क्रान्ति, परिवर्तन वा अग्रगमनका लागि कुनै पनि विचार बा“की छैन । आफ्नो र परिवारको साख जोगाउन उनी जस्तोसुकै हर्कत गर्न पनि तयार छन् । उनलाई के थाहा छ भने नेपाली जनताको ठूलो हिस्साले आफूलाई समर्थन गर्दैन । हिजोका बाचाहरु अलपत्र पारेर सत्तामा पुगेपछि उनीमा निराशा र पदलोलुपता जागेको हो । त्यसैले का“ग्रेसका वैशाखी नटेकी उनलाई सुख छैन ।
अर्कोतिर एमालेकोे अवस्था पनि उस्तै छ । प्रचण्ड र सानो दलका साथ लिएर सत्तामा पुगेको एमाले सत्ताच्यूत हुने वित्तिकै गोली लागेको घाइते बाघ जस्तो बनेको छ । उसले आफ्नो पार्टी कार्यालयबाट ह“सिया, हथौडा अंकित झण्डा हटाउने तयार गरेको छ । र माक्र्सवाद लेलिनवाद पार्टीको पछाडि राखेपनि मार्गदर्शक सिद्धान्त मान्न छोडेर बुर्जुवा प्रजातन्त्रतिर समाहित भइसकेको छ । यसका पनि प्रमाण छन् । कि “संसारका उत्पीडित एक हौं” भन्ने आदर्श बोक्नुपर्नेमा मधेशप्रति उग्रआक्रमक हुनु राष्ट्रियताको मुद्दा उठाएको त हो तर त्यो हिटलरी राष्ट्रवाद खालको हुनुले पनि मधेशप्रति सहानुभूति राख्ने शक्तिको नजरमा उसको साख गिरेको छ । ऊ रा.प्र.पा. जस्तो प्रतिगामी शक्तिस“ग चुनाबी तालमेल गर्दैछ । ठूलो दलहरुका यस्तो हर्कत राज्यको ढुकुटी दोहन गर्ने दाउपेच मात्र हुन् । केन्द्रीय सत्तामा सत्ता पक्षमा वा प्रतिपक्षमा रहने दलहरुको चुनाबी तालमेलको परिपार्टीले के देखाउछ भने यिनीहरु अमेरिकी नक्कललाई पछ्याउ“दै छन् । स्थानीय निकायको निर्वाचनमा साना दलहरुलाई निर्वाचन चिन्ह नदिनु यही मनोवृत्तिको पुष्टि हो । आफूले जनविश्वास गुमाइसकेको आवास यी ठूला भनिएका चार दलले गरिसकेका छन् । त्यसैले यो गाउ“पालिका नभए त्यो गाउ“पालिका वा यो शहर नभए, त्यो शहर भन्दै अपवित्र गठजोड गरिरहेका छन् । उनीहरुको ठम्याई छ स्वच्छ प्रतिस्पर्धा होइन जालझेल हाटहुट वा जे जसरी पनि कब्जा गर्नुपर्छ । उसले विरालो खान थाल्यो भने हामी कुकुर खान किन नहुनु ? भन्ने मान्यता उनीहरुमा देखिन्छ । यस्तो खाले चिन्तनले ग्रस्त बन्दै गएपछि सत्ता सञ्चालनमा निष्ठा आदर्श, निति, सिद्धान्त सबै समाप्त हुन्छ । यस्तो गम्भीर विषयमा मतदाताहरु सचेत बन्नुपर्दछ ।
आसन्न स्थानीय निकायको निर्वाचनमा ने.क.पा. (क्रान्तिकारी माओवादी) ले आफ्नो विचार संगठन निर्माणका निम्ति देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा आफ्नो उपस्थिति जनाउने भएको छ । मालेमाको निति सिद्धान्त बोकेको यो मोर्चा उत्पीडितहरुको पक्षमा उभिने एक मात्र शक्ति हो । नेपाली समाजमा फैलिदैं गएको कम्युनिष्ट मोहको रक्षा गर्ने शक्ति पनि यही हो । ठूला भनिएका कम्युनिष्ट पार्टीमा देखिएको विचलनका विरुद्धको वैकल्पिक शक्ति पनि यही हो । जाति, क्षेत्र, लिड्डले उत्पीडनका विरुद्ध आवाज उठाउने माध्यम पनि यही हो । तसर्थ यही मोर्चाको पक्षमा उभिनु आजको अनिवार्य आवश्यकता हो ।
र.न.पा.–३, चितवन