मकवानपुर । नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका सतार अन्सारी ०६२ सालबाट माओवादी आन्दोलनमा पूर्णरुपमा सक्रिय रहँदै आए ।
हेटौंडा उपमहानगरभित्रका मुस्लिम समुदाय र मधेसी समुदायबिचमा लोकप्रिय अनसारी पहाडीलगायत सबै समुदायमा त्यत्तिकै प्रिय रहँदै आएका छन् ।
०६६ सालमा भएको आन्दोलनमा घाइते भएका अनसारी मुस्लिम मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य तथा ताम्सालिङ राज्यका संयोजक समेत रहेका छन् ।
अन्य पार्टीहरुले मुस्लिमहरुलाई वेवास्ता गरेपनि देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारको रुपमा आफूलाई अगाडि सारेपछि मुस्लीम समुदायमा खुशियाली छाएको अन्सारीले दावी गरे ।
स्थानीय मुस्लिम समुदायले चुनावको प्रचार प्रसारमा उत्साहनजक रुपमा सहयोग गरिरहेको उनले बताए । अल्पसंख्यक, उपेक्षित र सिमान्तकृत समुदायबाट उम्मेदवार भएकोले पनि हेटौडा उपमहानगरपालिकाबासीहरुको पहिलो रोजाइमा आफू पर्ने अनसारीको आत्वविश्वास छ । उनले स्वतन्त्र उम्मेदवारको रुपमा ब्याटमिन्टनको कक चुनाव चिन्ह पाएका छन् ।