अष्ट्रेलियाको धनाढ्य सुचीमा ४ स्थान माथि उक्लिए शेष गले दम्पती

अष्ट्रेलियाको धनाढ्य सुचीमा ४ स्थान माथि उक्लिए शेष गले दम्पती

काठमाडौं—अष्ट्रेलियाली धनीहरुको सूचिमा शेष घले दम्पती गत वर्षभन्दा चार स्थान माथि उक्लिएका छन् । ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन् ।

अघिल्लो वर्ष उनीहरुको सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष १० प्रतिशत वृद्धि भएको हो । अष्ट्रेलियामा धनाड्यको सूचि प्रकाशन गर्ने फाइनान्सियल रिभ्यु म्यागेजिनकाअनुसार घले दम्पतीसँग अहिले ६४ करोड ७० लाख डलर बराबरको सम्पती छ ।

उनीहरुको स्वामित्वको एमआइटी ग्रुप होल्डिङ्सले सन् २०१५ मा मेलबर्न्स्थित भिक्टोरिया मार्केट नजिकैका दुई टावर निर्माणका लागि स्वीकृति पाएको छ । ती टावरमा ४७० अपार्टमेन्ट तथा २१० कोठाको होटल निर्माण गर्न अष्ट्रेलियाली सरकारले स्वीकृति दिएको छ ।
विश्वभरि छरिएका नेपालीहरुको छाता संस्था गैर आवासीय नेपाली संघका अध्यक्ष समेत रहेका शेष घलेको मुख्य लगानी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), रियल स्टेट एवं होटल क्षेत्रमा छ । मेलबर्नस्थित एमआईटीमा विभिन्न मुलुकका करिब ४ हजार विदेशी विद्यार्थी अध्ययनरत छन् ।

उनीहरुको स्वामित्वको एमआइटी गु्रप होल्डिङ्सले सन् २०१५ मा मेलबर्नस्थित भिक्टोरिया मार्केट नजिकैका दुई टावर निर्माणका लागि स्वीकृति पाएको छ । ती टावरमा ४७० अपार्टमेन्ट तथा २१० कोठाको होटल निर्माण गर्न अष्ट्रेलियाली सरकारले स्वीकृति दिएको छ ।

लम्जुङमा जन्मिएका शेष र जमुना उच्च शिक्षाका लागि सन् १९९१ अष्ट्रेलिया पुगेका थिए । ३७ वर्ष अघि विवाह बन्धनमा बाँधिएको यो जोडी अष्ट्रेलियामा धनाढ्यको सूचिमा परेसँगै सन् २००७ मा नेपालमा लगानी लिएर फर्किएको थियो । उनीहरुको लगानीमा काठमाडौंको ठमेलमा शेराटन होलट निर्माण अन्तिम चरणमा पुगेको छ । त्यसमा करिब १२ अर्ब रुपैयाँ लगानी भएको छ । यो बाहेक उनीहरुले युरोपका देशहरुमा समेत होटलमा लगानी गरेका छन् ।

‘कडा मिहिनेत र भाग्यले धेरै कुरा निर्धारण गर्ने हो’, जमुना भन्छिन्, ‘हामी अष्ट्रेलियाको धनीको सूचिमा परे पनि नेपाल बिर्सन सक्दैनौं । त्यहाँ लगानी गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लाग्छ।’

दुई वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पछि घले दम्पति उद्धार तथा राहतमा सक्रिय भएका थिए । शेष घले अध्यक्ष रहेको गैरआवासीय नेपाली संघले भूकम्पको केन्द्रविन्दू नजिकै गोरखाको लाप्राकमा करिब ७ सय घरको नमुना बस्ती निर्माण गरिरहेको छ । घले दम्पतीले सन् २०१७ को धेरै समय ३००० मिटर उचाइको सोही स्थानमा टेन्टमा बिताइरहेका छन् ।