पोखरा । कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
पोखरामा एमालेका मेयरका उम्मेदवार मानवबहादुर जिसी काँग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई हराउँदै विजयी बनेका हुन् ।
महानगरपालिकामा यो एमालेका पहिलो जित हो भने महानगरमा आएको दोस्रो नतिजा हो । अब काठमाडौं र भरतपुर महानगरपालिकाको मत परिणाम आउन बाँकी रहेको छ ।
शुक्रबार बिहान सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरेका हुन् । जिसीले ६० हजार ४ सय २३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४ सय ७३ मत पाए ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भएकी छन् । मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने काँग्रेसकी सरस्वती कुँवरले ले ४४ हजार ३३८ मत पाएकी छन् ।