काठमाडौं । सरकारले केही दिनअघि थप गरेका स्थानीय तहसहितको प्रतिवेदन राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिवेदन नआएको भन्दै निर्वाचन आयोगले असन्तुष्टि जनाइरहेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ प्रतिवेदन प्रकाशित गरेको हो ।

सरकारले हालै मात्र दुई उपमहानगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप गरेको थियो ।

तर, निर्वाचन आयोगले भने पुरानै ४६१ स्थानीय तहमा मात्र जेठ ३१ गते निर्वाचन गर्न सकिने बताइसकेको छ ।

सरकारले थप गरेका स्थानीय तहका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत असन्तुष्टि जनाइरहेका बेला स्थानीय तहसहितको नयाँ प्रतिवेदन आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर