बेसलान बन्धक काण्ड रोक्न रुस असफल भएको अदालतको फैसला

बेसलान बन्धक काण्ड रोक्न रुस असफल भएको अदालतको फैसला

एजेन्सी । युरोपेली मानवअधिकार अदालतले सन् २००४ को बेसलान बन्धक प्रकरणमा रुस असफल भएको फैसला सुनाएको छ ।

अदालतले फैसला सुनाउँदै स्कुलका बन्धक काण्डबारे फैसला सुनाउँदै रुस सो काण्डमा असफल भएको जनाएको हो ।

रुसको बेसलानमा सन् २००४ मा भएको यो स्कुल बन्धक काण्डमा ३ सय ३० जनाको मृत्यु भएको थियो । यस बन्धक काण्डलाई अन्त्य गर्नका लागि भारी हतियारको प्रयोग र पछि घटनाको छानविनका विषयलाई लिएर कडा निन्दा भएको थियो ।

त्यसबेला चेचन साम्प्रदायिक समूहले स्कुलमा १ हजारभन्दा बढीलाई बन्धक बनाएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार स्कुलमा विद्रोहीको कब्जालाई अन्त्य गर्नका लागि रुसका सुरक्षा बलले आवश्यकता भन्दा बढी बल प्रयोग गरिएको जनाएका थिए ।

यद्यपि यो बन्धक काण्डलाई समाप्त पार्ने क्रममा भएको मृत्युका सन्दर्भमा कुनै रुसी अधिकारीलाई जिम्मेवार ठहर भने गरिएको छैन ।

सन् २००४ मा बेसलानको एक विद्यालयमा केही हतियारधारी महिला र पुरुषहरु विस्फोटक पदार्थसहितको पेटी बाँधेर गोली प्रहार गर्दै घुसेका थिए । चेचन साम्प्रदायिक समूहले बन्धलाई स्कुलको स्पोर्टस् हलमा राखेर बास्केटबल कोर्टमा विस्फोट गराएका थिए ।

चेचन समूहले रुसी सुरक्षाबललाई हटाउन माग गर्दै आएका थिए । बन्धक संकटको अन्त्य तेस्रो दिनमा भएको थियो । त्यसलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ठूलो संघर्ष गर्नुपरेको थियो । सो क्रममा रुसी सुरक्षाफौजले विषालु ग्याँस प्रहार गरेको थियो ।

यो फैसला स्ट्रासबर्गस्थित युरोपेली आयोगले सञ्चालन गरेको आयोगले सुनाएको हो । यसले युरोपेली देशको मानवअधिकारका विषयलाई हेर्ने गर्छ । जसको सदस्य रुस पनि रहेको छ । अदालतले रुसलाई यो घटनाबारेमा पहिले नै जानकारी रहेपनि त्यसलाई रोक्न पहल नगरेको आरोप समेत लगाएको छ । अदालतले सो बन्धक संंकट अन्त्यका लाग ट्यांक क्यानन्, ग्रिनेड लन्चरजस्ता ठूला हतियारको समेत प्रयोग गर्दा मृतकको संख्या बढेको जनाएको छ ।