बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, रुपन्देहीले बुुधबार देवदहको खैरेनीमा चुनाबी अभियान तथा भेला सम्पन्न गरेको छ । स्थानीय चुनावलाई क्रान्तिकारी उपयोगको नीति लिएको मोर्चाले चुनाबी अभियान अन्तरगत खैरेनीमा भेला सम्पन्न गरेको हो । भेलाले बीरबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय मोर्चाको देबदह नगर समिति गठन गरेको छ ।
समितिमा चिरञ्जीवि काफ्ले, शेरबहादुर बि.क., गोरी थापा, सोमबहादुर गुरुङ, लक्ष्मी चौधरी, भीमलाल काफ्ले, सरला शर्मा, खुमबहादुर गाहा सदस्य रहेका छन् भने सल्लाहकारमा निमकला पुन, ऋषिराम लामिछाने, राजु भुजेल रहेका छन् । भेलाले स्थानीय चुनाब सम्पन्न गर्न आर्थिक व्यवस्थापनका लागि ऋषिराम लाछिाने, बिरबहादुर गुरुङ, चिरञ्जिवी काफ्ले रहेको तीन सदस्यीय आर्थिक समिति गठन गरेको मोर्चाले जनाएको छ ।
भेलामा नेकपा क्रान्तिकारी माओवादी रुपन्देहीका संयोजक भुलबहादुर सुनारी, सचिवालय सदस्य बिनोद मरासनी, ऋषिराम लामिछाने, शेरबहादुर बि.क.लगायतले बोलेका थिए । मोर्चाका अनुसार रुपन्देहीमा दुई टोली चुनाबी अभियानमा रहेको छ । चैत्र २८ बाट शुरु भएको मोर्चाको पहिलो अभियान बैशाख ५ गते समापन हुंने जनाएको छ । मोर्चाले प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादी उन्मुख राजनैतिक दलसंग चुनाबी तालमेल नगर्ने जनाएको छ ।