एजेन्सी – मानिसहरु बिच्छी भने पछि देख्ने बित्तिकै डराउछन तर समरा इराकका एक किसान इस्मेल जसिम मोहम्मदलाई दिनको कम्तीमा एउटा जिउँदो बिच्छी खानैपर्ने उनको बानी भइसकेको बताउँछन् यदि उनले तीन दिनसम्म बिच्छी नखाएको खण्डमा उनको शरिरमा भिन्दै प्रकारको लक्ष्णन देखा पर्ने उनको भनाई छ ।
३४ वर्षीय इस्मेलले विगत १५ वर्षदेखि जिउँदो बिच्छी खाने गर्दै आएका छन् । इराकको शहर समाराको नजिकको एगेलाम गाउँमा बिच्छीहरुले दुःख दिइरहेको समयमा उनले जिउँदो बिच्छीहरु खाएर आफ्नो रोग पनि निर्मुल पार्ने सोच बनाए । एकदिन उनले जिउँदो बिच्छी समाए र त्यसलाई जिउँदै खाइदिए, उनलाई त्यसको स्वाद यति मनपर्यो कि त्यसबेला देखि बिच्छीलाई स्न्याक्सको रुपमा खाने गरेका छन् ।
सुरुका दिनमा उनको मुखमा बिच्छी अड्किने गर्दथ्यो तर पछि उनको बानी पर्यो र बिच्छीको विषले उनले प्रतिरोध क्षमतामा बृद्धि गरेको उनको भनाई छ । अहिले उनी आफ्नो अचम्म लाग्दो डाइटको बानीमा परिसकेका छन् र दिनको कम्तीमा पनि एउटा जिउँदो बिच्छी खाने गरेको उनी बताउँछन् । गर्मी मौसममा उनको गाउँ वरिपरि बिच्छीको अभाव त हुँदैन तर, जाडो मौसममा उनको यो अचम्मको डाइटको परिपूर्ती गर्न निकै गाह्रो हुने गर्दछ ।
त्यसका लागि उनले गर्मी महिनामा उनी अरु किराहरु माथि पनि भर पर्ने गर्दछन् र जाडो महिनाको लागि बिच्छीलाई स्टक राख्ने गर्दछन् । उनकी श्रीमती र छोराछोरीहरु उनको यी किराहरुदेखि डराउने गर्दछन् । समरा हस्पिटलका डाक्टरले बिच्छीको केहि नकारात्मक असरको बारेमा जाँच्दा केहि असर नभएको निष्कर्ष पनि निकालेका छन्