कलाकार दीपक क्षेत्रीको उपचारको लागि सहयोग रकम संकलन शुरु

कलाकार दीपक क्षेत्रीको उपचारको लागि सहयोग रकम संकलन शुरु

चैत्र ३०, २०७३ । कलाकार दीपक क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले अष्ट्रेलियामा सहयोग संकलन शुरु गरिएको छ । मंगलबार साँझदेखि सुरु गरिएको सहयोग संकलनका क्रममा अहिलेसम्म १ लाख रुपैयाभन्दा बढी रकम संकलन गरिएको छ ।

यहाँ रहेको अन्तराष्ट्रिय कलाकार समाज अष्ट्रेलिया (इनास) ले शुरु गरिएको अभियानमा अहिलेसम्म १ लाख १० हजार रकम संकलन भइसकेको इनासका महासचिव मिलन दहालले जानकारी दिए । देशको गहनाका रुपमा रहेका कलाकार बिरामी हुँदा विदेशबाट आफुहरु सामुहिक रुपमा केही सहयोग गर्न सकियोस भनेर सहयोग संकलन शुरु गरिएको दहालले बताए । इनासले अष्ट्रेलियामा नेपाली कलाकारहरुलाई बोलाएर बिभिन्न कार्यक्रमहरु गर्ने र आवश्यक्ता अनुसार सहयोग समेत पु¥याउदै आएको छ ।

संस्थाले अष्ट्रेलियाका सबै राज्यहरुमा रहेका समितीहरु मार्फत पनि सहयोग संकलन शुरु गरेको छ । उनको उपचारका संकलित रकम आवश्यक्ता भए तत्काल पठाईने नत्र अहिले अष्ट्रेलिया भ्रमणमा रहेका गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्य मार्फत कलाकार क्षेत्रीलाई हस्तान्तरण गरिने इनासका अध्यक्ष ईश्वर पोखरेल अविरलले जानकारी दिए । पोखरेलले संकलित रकमको पारदर्शिताको लागि सहयोग गर्ने सबैको नाम सामाजिक सञ्जालहरुमा सार्वजनिक गरिरहिएको समेत बताए ।

देशको चौथो अंगको रुप दिएको कलाकारिता क्षेत्रको एउटा कलाकार उपचारको लागि भौतारिदा सरकारले बेवाश्ता गरेको उनको गुनासो थियो । दर्जनौं नेपाली चलचित्रमा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार क्षेत्रीले केही दिनअघि एउटा मार्मिक भिडियो सार्वजनिक गर्दै आफ्नो उपचारको लागि सबै प्रिय दर्शकहरु माझ सहयोगको आग्रह गरेका थिए ।