एजेन्सी । भारतको आसाममा भारतीय जनता पार्टीले राज्यको जनसंख्या नीतिको मस्यौदा सार्वजनिक गरेको छ ।
मस्यौदामा दुई भन्दा बढी बच्चा भएकालाई सरकारी जागिरका लागि अयोग्य हुने व्यवस्था रहेको पीटीआईले जनाएको छ ।
त्यतिमात्रै होइन दुई भन्दा बढी बच्चा भएकालाई स्थानीय पञ्चायत या नगर निकायको निर्वाचनमा समेत रोक लगाइने उल्लेख छ ।
जनसंख्या नीतिको मस्यौदा अनुसार राज्यका सबै युवतीलाई विश्वविद्यालय स्तरसम्म शिक्षा निशुल्क दिने व्यवस्था गरिएको छ ।
आसामका स्वास्थ्यमन्त्री हेमन्त विश्व शर्माले गुवाहाटीमा भने, ‘यो जनसंख्या नीतिको मस्यौदा हो । हामीले दुई बच्चा बन्दा बढी भएमा सरकारी जागिरका लागि योग्य नहुने व्यवस्था गर्न खोजेका छौं ।’ हेमन्त विश्व शर्मालाई राज्यको शिक्षा विभागको जिम्मेवारी समेत छ ।